• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको 'एकतारे' अभिव्यक्तिले एमालेमा तरङ्‍ग, १० बुँदे र अपानि-१२ पनि स्थायी कमिटीको अजेण्डा

64x64
बीपी अनमोल बिहीबार, कात्तिक ४, २०७८  २२:३६
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन आवश्यक नरहेको अभिव्यक्ति दिए। बुधबार एमाले बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले १० बुँदेको सन्दर्भलाई एकतारेसँग तुलना गर्दै त्यसलाई बजाउनु आवश्यक नभएको बताए।

ओलीको यो अभिव्यक्तिले एमालेमा १० बुँदे सहमतिलाई अक्षरश कार्यान्वयन हुनुपर्ने माग राखिरहेका नेताहरुलाई सशंकित बनाएको छ। पार्टीको विधान महाधिवेशनलगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि यस विषयलाई नेताहरुले उठाएका छन्। पार्टी अध्यक्षले दिएको अभिव्यक्तिले एमालेभित्र एक खालको तरङ्‍ग ल्याएको छ।

माधवकुमार नेपालले पार्टी विभाजन गर्ने निर्णय लिँदा साथ नदिएर एमालेमै रहेका नेताहरु ओलीको पछिल्लो अभिव्यक्तिले सशङ्क‍ित बनेका छन्।

‘उहाँ (अध्यक्ष)ले मिनिमाइज गर्ने, पेलेर जाने र हल्का रुपमा लिएको देखिन्छ,’ एमालेका एक नेता भन्छन्, ‘जे-जस्तो विषयमा बाहिर आए पनि छलफल गर्दै त्यसलाई सन्तुलनमा पुर्‍याउनुपर्छ।’

ओलीको अभिव्यक्तिलाई लिएर एमाले उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएका थिए। उपाध्यक्ष रावलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको जवाफ ओलीलाई दिएका छन्।

बिहीबारको पार्टीको स्थायी कमिटीको बैठक र सामाजिक सञ्जालमार्फत् नै नेताहरुले १० बुँदे कार्यान्वयनको विषयमा कुरा उठाएपछि भने यसमा ओली छलफल गर्न तयार देखिएका छन्।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नुअघि पार्टी एकता कायम राख्न भन्दै १० बुँदे सहमति गरिएको थियो। तर, नेता नेपालले पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिसकेका छन्।

नेता नेपाललाई छाडेर ओलीसँग एमालेमै फर्केका उपाध्यक्ष रावललगायत नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। अध्यक्ष ओली भने त्यसमा सकारात्मक थिएनन्।

Ncell 2
Ncell 2

बिहीबारको पार्टीको स्थायी कमिटीको बैठक र सामाजिक सञ्जालमार्फत् नै नेताहरुले १० बुँदे कार्यान्वयनको विषयमा कुरा उठाएपछि भने यसमा ओली छलफल गर्न तयार देखिएका छन्।

बिहीबार स्थायी कमिटीको बैठक बस्नुअघि १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको बैठक बसेको थियो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीको अभिव्यक्तिलाई बचाऊ गर्दै १० बुँदे ९५ प्रतिशत क्षेत्रमा कार्यान्वयनको तहमा गइसकेको भन्दै पुनः १० बुँदेलाई सर्त बनाएर अघि बढ्नु आवश्यक नरहेको बताएका थिए।

‘धेरै ठाउँमा पूर्णरुपमा सहमति कार्यान्वयनमा गइसकेको छ। केही ठाउँमा बाँकी रहेको ठाउँमा पनि कार्यदलले रचनात्मक हिसाबले टुंगो लगाउने भन्ने छ,' बिहीबार स्थायी कमिटी बैठकपछि उनले भने।

1140x725
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठक।

बिहीबारको बैठक विधान महाधिवेशनको समीक्षा तथा १०औं राष्ट्रिय महाधिवेशनका बारेमा नै केन्द्रित भएको थियो। एमालेको बिहीबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकको मुख्य अजेन्डा वडा र पालिका अधिवेशन, विधान महाधिवेशनको समीक्षा लगायतका विषयमा नै केन्द्रित थियो। तर, बुधबार एमाले अध्यक्ष ओलीले १० बुँदे सहमतिका विषयमा दिएको अभिव्यक्तिले एमालेमा तरङ्‍ग ल्यायो।

नेताहरुले यस विषयमा सार्वजनिक रुपमा नै आफ्नो असन्तुष्टि जनाए। बिहीबारको स्थायी कमिटी बैठकमा पनि यस विषयले प्रवेश पायो। १० बुँदेको विषय उठेपछि एमालेको स्थायी कमिटी बैठकमा यो विषयले अजेण्डाकै रुपमा प्रवेश पाएको हो।

‘१० बुँदे सहमति र अपानि १२ को कार्यान्वयनका विषय पनि बैठकको अजेण्डाका रुपमा राखिएको छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘भोलिको बैठकमा प्रस्ट रुपमा बृहत् छलफल हुन्छ।’

पार्टी विभाजन गर्ने माधव नेपालको निर्णयलाई साथ नदिएर एमालेमै रहेका नेताहरुले भने नेतृत्वबाट पार्टीलाई एकताबद्ध बनाएर लैजानेभन्दा पनि गुटका रुपमा नै विकास गर्न खोजिएको बताउँदै आएका छन्।

नेतृत्वले कात्तिक ६ गते देशैभर वडा तहको अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णयमा पनि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुको असन्तुष्टि छ। एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि यस विषयमा बुधबार बागमती प्रदेश कमिटीको बैठकमा असन्तुष्टि प्रकट गरेकी थिइन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्