काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो कारोबार दिन आइतबार तोलामा १ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार सोही अंकले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० मा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ। आइतबार तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ११ सय ७५ मा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ११ सय ८० मा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।