काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग "पुनर्मिलन" पूरा हुनुपर्ने बताएका छन्। एक कार्क्रममा बोल्दै राष्ट्रपति सीले ताइवानलाई शान्तिपूर्ण रुपमा हालिस गर्नुपर्ने बताए। तर, चिनियाँ नागरिकको अलगाववादको विरोध गर्ने शानदार परम्परा रहेको उनले उल्लेख गरे।
सीको जवाफमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य त्यहाँका नागरिकको हातमा रहेको बताएको बीबीसीले जनाएको छ।
ताइवानले आफूलाई स्वतन्त्र राज्य मान्छ। तर, चीनले ताइवानलाई एक प्रान्तको रुपमा हेर्ने गरेको छ।
बेइजिङले एकीकरण हासिल गर्नका लागि बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन।
सीको धारणा गत हप्ता ताइवानको वायु क्षेत्रमा करिब १५० चिनियाँ लडाकु उडानपछि आएको हो।
१९११ मा चीनका अन्तिम शाही राजवंश अन्त गर्नका लागि भएको क्रान्तिको ११० औं वर्षगाँठको अवसरमा सीको सम्बोधन आएको हो। उनले भने, " देशको पूर्ण एकीकरणको ऐतिहासिक कार्यलाई अवश्य पूरा गर्नुपर्छ र निश्चित रूपमा पूरा गरिनेछ।"
सीले मुलुक टुक्र्याउन खोज्नेहरुको दु:खद् अन्त्य हुने चेतावनी दिए। ‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दु:खद् अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान पक्षधरहरु प्रति संकेत गर्दे सीले भने।
हङकङको उदाहरण दिँदै उनले एक देश दुई पद्दती नीतिको रुपमा आफूले शान्तिपूर्ण एकीकरण चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।