काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि खसीबोका बिक्री गर्ने भएको छ। असोज १ गतेदेखि नै सहुलियत पसलमार्फत खाद्यान्न बिक्री सुरु गरेको कम्पनीले शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री गर्ने तयारी गरेको हो।
यो वर्ष दसैँका लागि २ हजारको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी गरेको कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने बताएको छ। चीनबाट ल्याउन नसकिएको र स्वदेशमा उत्पादन नै कम भएकाले च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन्।
यस वर्ष खाद्यले मकवानपुर र दाङबाट खसीबोका भित्र्याउने तयारी गरेको सूचना अधिकारी सुवेदीले बताइन्। शुक्रबार साँझसम्म ५ सय खसीबोका काठमाडौं ल्याइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।