काठमाडौं- अफगानिस्तान मुद्दामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा रुसले तालिवान प्रतिनिधि नेतालाई निम्तो गर्ने भएको छ।
आगामी २० अक्टोबरमा रुसको राजधानी मस्कोमा आयोजना हुन लागेको जी २० सम्मेलनमा रुसले तालिवान प्रतिनिधि नेतालाई निम्तो गर्ने भएको हो।
रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनले तालिवानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने रुसी समाचार एजेन्सीका प्रतिनिधि जामिर काब्लोभले जानकारी दिएका छन्।
यही १२ अक्टोबरमा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानवीय सहायताबारे छलफल गरिने बताइएको छ।
मस्कोको सम्मेलनमा सोहीअनुसार वार्ता अघि बढाइने बताइएको छ। यसअघि रुसले मार्चमा अफगानिस्तानको अवस्थाबारे एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। जसमा रुस, अमेरिका, चीन र पाकिस्तानले एक संयुक्त वक्तव्य जारी गर्दै देशको शान्ति र सहमतिमा पुग्न र हिंसा रोक्न आग्रह गरेका थिए।
यसले तालिवानलाई आगामी महिनाहरुमा कुनै आक्रमण नगर्न आग्रह गरेको छ। त्यसबेलादेखि २० वर्ष लामो सैन्य हस्तक्षेपपछि अमेरिका र उसका सहयोगीहरुले आफ्नो सेना फिर्ता लिए।
तालिवानले देशमा कब्जा जमायो र अघिल्लो सरकार ढल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।