काठमाडौं- अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तको एक मस्जिदमा शुक्रबार आत्मघाती बम विष्फोट भएको छ।
उक्त विष्फोटमा परी १०० भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीले जानकारी दिएको छ।
रोयर्टसले जनाएअनुसार भिडियो फुटेजमा भग्नावशेषले घेरिएको अवस्थामा शव देखिएका छन्।
मस्जिदभित्र अल्पसंख्यक शिया मुस्लिम समुदायहरु रहेको बताइएको छ। घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।