काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार २ जना पत्रकारले पाउने भएका छन्।
स्विडिस एकेडमीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमेत्री मुरातोभलाई प्रदान गर्ने निर्णय गरेको हो।
फिलिपिन्स र रसियामा अभिव्यक्ति स्वतन्त्रताका लागि 'शाहसिक लडाइँ' लडेको भन्दै दुई जना पत्रकारलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय भएको हो। नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका ३२९ जनामध्ये अन्तत: २ जना छनौट भएका हुन्।
फिलिपिन्समा राष्ट्रपति रोड्रिगो दुतेर्तेको अधिनायकवादी अभ्यासविरुद्ध कलम चलाउँदै आएकी मारिया यसक्षेत्रको 'पायनियर अनलाइन' मानिने र्याप्लर डटकमको संस्थापक हुन्। उनलाई रोड्रिगो दुतेर्ते प्रशासनले पटक पटक झुटा मुद्दा लगाएर जेलसमेत हालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।