काठमाडौं- परमाणु ऊर्जाबाट चल्ने अमेरिकी पान्डुबी जहाज दक्षिणी चीन सागरमा 'अज्ञात बस्तु' सँग ठोक्किएको छ। उक्त घटनामा १५ अमेरिकी नौसैनिक घाइते भएको बीबीसीले जनाएको छ।
अमेरिकी अधिकारीहरुका अनुसार यूएसएस कनेक्टिकट नामको यो पान्डुबी स्थानीय समय अनुसार शनिबार अज्ञात बस्तुसँग ठोक्किएको बताइको छ।
अधिकारीहरुका अनुसार अहिलेसम्म पान्डुबी केसँग ठोक्किएको भन्ने स्पष्ट भएको छैन।
अमेरिकी नौसेनाका प्रवक्ताले यो दुर्घटनापछि पान्डुबी अमेरिकाको गुआम तट तर्फ अघि बढिरहेको जनाइएको छ।
उनले भने, “दुर्घटनामा यूएसएस कनेक्टिकटको परमाणु ऊर्जा प्लान्ट र अन्य महत्वपूर्ण हिस्सामा कुनै हानी पुगेको छैन र पान्डुबीले ठिकसँग काम गरिरहेको छ।”
उनले ठक्करबाट पान्डुबीमा पुगेको क्षतिबारे जाँच हुने जनाए।
यो घटना यस्तो बेला भएको छ जतिबेला चीन र ताइवानको सम्बन्ध निकै तनावपूर्ण चलिरहेको छ।
हालसालै चीनका ३८ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गर्दै प्रवेश गरेको आरोप लागिरहेको छ।
चीनको सेनाले अक्टोबर महिनाको पहिलो चार दिनमा १५० विमान आफ्नो हवाइ क्षेत्रमा पठाएको आरोप ताइवानको छ।
पान्डुबी घटना भन्दा केही हप्तामात्र अघि अमेरिका, बेलायत र अस्ट्रेलियाले एक समझौता गरेका थिए जसको माध्यमबाट अमेरिकाले अस्ट्रेलियाका लागि परमाणु ऊर्जाबाट चल्ने पान्डुबी बनाउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।