काठमाडौं– लगानी बोर्डको ४८औं बैठक शुक्रबार (आज) बस्ने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो। प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ।
बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषयमा छलफल हुने अजेन्डा रहेका छन्।
बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।
बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्नेछ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।