काठमाडौं- जम्मू–कस्मिरको श्रीनगरमा आतंककारीले पुरुष र महिला शिक्षकको हत्या गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार इदगाह क्षेत्रस्थित गभर्नमेन्ट ब्वाइज स्कुलभित्रै पसेर हतियारधारी समूहले गोली हानी प्रधानाध्यापक सुपिन्दर कौर र शिक्षक दीपक चन्दको हत्या गरेको हो।
बिहीबार हत्या भएका ४४ वर्षीय कौर सिख समुदाय र चन्द कस्मिरी पण्डित समुदायका थिए।
सहरको ईदगाह क्षेत्रमा रहेको विद्यालय नजिकैका बासिन्दाहरुले बिहान विद्यालयमा गोली चलेको सुनेको बताएका छन्। गोली लागेपछि दुवैलाई अस्पताल लगिएको थियो। उनीहरुलाई अस्पतालमै मृत घोषित गरिएको थियो।
सुरक्षाबल घटनास्थल पुगेर आतंककारीको खोजी गरिरहेको छ।
यसअघि श्रीनगरमा मंगलबार माखनलाल विन्द्रु, एक प्रसिद्ध रसायनज्ञ र दुई अन्य व्यक्तिलाई गोली हानिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।