काठमाडौं– बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो। आज छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
त्यसैगरी, बुधबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।