काठमाडौं– पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ। बिहीबार बिहानै गएको भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गएको समाचारहरमा उल्लेख छ।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ।भूकम्पपछि क्वेटा शहरका मानिस सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्नेच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए।
बीबीसीले जनाएअनुसार करिब १५० जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।