काठमाडौं– स्वीडेनमा ३० वर्ष वा सोभन्दा कम उमेरका मानिसमा मोडर्नाको कोभिड –१९ विरुद्धकोको खोप लगाउन बन्द गरिएको छ।
उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउन हाललाई स्थगित गरिएको अधिकारीहरुको भनाइ छ।
स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ।
गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप लगाउने अनुमति प्रदान गरेको थियो।
युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउन भने अनुमति दिइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।