काठमाडौं- सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मन र अमेरिकी वैज्ञानिकलाई दिइने भएको छ।
नोबेल कमिटीे बुधबार घोषणा गर्दै जर्मन वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेभिड डब्लु सी म्याकमिलनलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने जानकारी दिएको हो।
कमिटीका अनुसार मोलेक्युलर कन्स्ट्रक्सनका लागि नयाँ टुलका रुपमा ‘अर्ग्यानोक्याटालिस’को विकास गरेबापत लिस्ट र म्याकमिलनको जोडीलाई नोबेल पुरस्कार दिन लागिएको हो।
यसले फर्म्यास्युटिकल अनुसन्धानमा ठूलो प्रभाव पारेको र रसायनशास्त्रलाई प्रभावित पारेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।