काठमाडौं- यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मन र अमेरिकाका दुई वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। जर्मनका बेन्जामिन लिस्ट र स्कटल्याण्डमा जन्मिएका अमेरिकी वैज्ञानिक डेभिड म्याकमिलनलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरिएको हो।
बुधबार रोयल स्वीडिस एकेडेमीले प्रेस विज्ञप्ति जारी गर्दै दुई वैज्ञानिकलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको घोषणा गरेको छ। उनीहरुलाई नयाँ औषधिको खोज गर्न सहायता गर्ने अणुहरुको निर्माणका लागि आवश्यक पर्यावरणमैत्री उपकरण बनाएकोमा यो पुरस्कार प्रदान गरिएको बताइएको छ।
यसअघि चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिसकिएको थियो। चिकित्साशास्त्रतर्फ दुई अमेरिकी वैज्ञानिक डेभिड जुलियस र आर्डेम पटापौटियन तथा भौतिकशास्त्रतर्फ स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसी पुरस्कृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।