काठमाडौं- ताइवानकी राष्ट्रपति साई इंग वेनले चीनले आफ्नो मुलुकलाई नियन्त्रणमा लिए यसको परिणाम विनाशकारी हुने चेतावनी दिएकी छन्।
हालसालै चीनका ३८ लडाकु विमान आफ्नो देशको हवाई क्षेत्रमा अतिक्रमण गर्दै प्रवेश गरेको ताइवानले आरोप लगाइरहँदा राष्ट्रपति वेनले यस्तो बताएकी हुन्।
ताइवानका प्रधानमन्त्री सु सेंग चाङ्ले चीनको यो आक्रामकता क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क रहनु पर्ने बताएका थिए।
चीनको सेना पिपुल्स लिबरेशन आर्मी(पीएलए) ले अक्टोबर महिनाको पहिलो चार दिनमा १५० करिब विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो।
चीनका मीडियाले यसलाई शक्ति प्रदर्शनको रुपमा व्याख्या गरिरहेको छ। तर विश्वभरका कतिपय देशले भने यसलाई चीनको आक्रामकताको रुपमा लिने गरेका छन्।
फरेन अफेयर्समा साई इंग वेनले लेखेकि छन्, ''हामी शान्ति चाहन्छौं। तर, हाम्रो लोकतन्त्र र जीवनशैलीमा खतरा पुगे ताइवान आत्मरक्षाका लागी आवश्यक गर्न तयार छ।''
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।