काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा मंगलबार ५ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८५० मा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।