काठमाडौं- तपाईंले विमान आकाशमा उडिरहेको वा रनवेमा कुदिरहेको देख्नु भएको छ तर के विमान सडकमार्गमा कुनै पुलको मुनी फसेको देख्नु भएको छ?भारतमा यस्तै घटना भएको छ।
समाजिक सञ्जालहरुमा एक भिडियो भाइरल भइरहेको छ, जहाँ इण्डियाको एक विमान एक आकाशे पुल मुनि फसेको देख्न सकिन्छ। यो एक पुरानो भइसकेको विमान थियो।
बीबीसी हिन्दीका अनुसार यो विमान बेचिएको थियो। समाचारहरुका अनुसार, जब यस प्लेनलाइ कतै लैजान लागिएको थियो त्यस समय विमान ओभरब्रिजको मुनि फसेको छ।
भाइरल भएको भिडियोमा देखिए अनुसार विमान नजिकैबाट गाडिहरु हिँडिरहेका छन्। विमानको पंखा भने देखिएको छैन भने त्यसतर्फबाट गाडीहरु हिँडिरहेका छन्।
भिडियो ट्वीट गर्ने एक पत्रकारले एयर इण्डियाको भनाइ सार्वजनिक गर्दै भनेका छन् कि एयर इण्डिया एयरलाइनको अब यो विमानसँग कुनै सम्बन्ध छैन।
"यो एयर इण्डियाको एक कवाडी विमानहो जसलाई बेचिएको थियो। यसलाई किन्नेवालाले यसलाई राति लिएर गएका थिए। कम्पनीलाई अब यस विमानसँग सम्बन्धित कुनै परिस्थितिबारे सम्बन्ध छैन।'' वयानमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।