• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

फर्किंदै रंगमञ्‍चको उज्यालो

64x64
युवराज भट्टराई बुधबार, असोज २०, २०७८  ०८:५०
1140x725

काठमाडौं- कोरोनाका कारण ठप्प नेपाली रंगमञ्‍च विस्तारै सक्रिय हुन थालेको छ। कोरोना महामारीको प्रभाव न्यून हुँदै गएपछि रंगमञ्‍चको सक्रियता बढ्न थालेको हो।  

सरकारले महामारीको दोस्रो लहरमा लगाइएको निषेधाज्ञा हटाएपछि शिल्पी थिएटरले पहिलोपटक भौतिक उपस्थितिमा नै नाटक मञ्‍चन गरेको थियो। शिल्पीमा साउन १८ देखि २० गतेसम्म फ्रान्सेली लेखक झाँ-पल सात्रको नाटक ‘नो एक्जिट’को नेपाली अनुवाद ‘अनुपस्थित तीन’ प्रदर्शन भएको थियो।

लामो समयसम्म रंगमञ्‍चसँग साक्षात्कार हुन नपाएका दर्शक नाटक हेर्न शिल्पी पुगेका थिए। नाटक हेर्ने दर्शकको उपस्थिति उत्साहजनक थियो। लामो समयपछि अभिनेता विपिन कार्कीसँगै उषा रजक, पवित्रा खड्कालगायतले नाटकमा अभिनय गरे।

दर्शकको भौतिक उपस्थितिमै नाटक प्रदर्शन गर्ने बाटो खुलेपछि काठमाडौं उपत्यकामा रहेका थिएटरहरू अहिले विभिन्न नाटकको तयारीमा व्यस्त भएका छन्। केही थिएटरले त नाटक देखाउन थालिसकेका छन्। शैली थिएटरसँग आबद्ध सरस्वती अधिकारी र सुवास सुवेदीले गत साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’माथि रसियन कल्चर सेन्टरमा नाटक प्रस्तुत गरे।

शिल्पी थिएटरमै असोज १५ देखि १७ गतेसम्म सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ प्रदर्शन भयो। यो नाटकको निर्देशन ग्रेटा राना र सहनिर्देशन आशान्त शर्माले गरेका हुन्। शिल्पी थिएटरले नै दसैंपछि देशका विभिन्न ठाउँमा नाटक-यात्रा गर्ने तयारी गरिरहेको छ। थिएटरमा नियमित कक्षा सञ्‍चालनसँगै नाट्य-यात्राको तयारी भइरहेको शिल्पीका निर्देशक घिमिरे युवराज बताउँछन्।

‘कौसी थिएटर’मा केही समयअघि ‘हरेक बबाल कुरा’ नाटक प्रदर्शन भएको थियो। भदौ २५ देखि असोज १ गतेसम्म चलेको यो नाटक पुनः प्रदर्शन गरिएको छ। असोज १५ देखि सुरू भएको प्रदर्शन आज (२० गते) सम्म चल्नेछ। अघिल्लोपटक मञ्‍चन हुँदा दर्शकले दिएको प्रतिक्रिया र नाटकप्रतिको उत्साहलाई ध्यानमा राख्दै नाटकलाई पुनः मञ्‍चन गरिएको हो।

सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा पनि यतिबेला नाटक प्रदर्शन भइरहेको छ। सुलक्षण भारतीको लेखन/निर्देशनसँगै अभिनयमा बनेको नाटक ‘म’ आजसम्म चल्नेछ। ‘दर्शक नआएको भन्न मिल्दैन, आइरहनुभएको छ,’ निर्देशक भारती भन्छन्, ‘तर, दैनिक प्रदर्शन हुँदा दर्शकको संख्या कम छ। पाँच जनादेखि बढीमा १० जनासम्म आइरहनुभएको छ।’

पुरानो घर थिएटर नयाँ संरचनासहित भर्खरै खुलेको हो। थिएटरबारे दर्शकले थाहा नपाएको भएर पनि हेर्न आउनेको संख्या कम भएको भारतीको आकलन छ। 

Ncell 2
Ncell 2

पुरानो घरमा नाटक प्रदर्शन गरिरहँदा व्यवस्थापनले निश्चित मापदण्ड अपनाएको छ। भौतिक दूरी कायम गर्नेदेखि भीडभाड नगर्ने किसिमले नै नाटक प्रदर्शन गरिरहेको बताउँछन् भारती।

‘हामीले आर्थिक पाटोको लागि नभएर रंगमञ्‍चलाई चलायमान बनाउन थिएटरको काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘हाउसफुल हुने भए पनि नाटकमा भएको खर्चअनुसार फाइदा हुँदैन। तर, हामीले खाली बस्नुको सट्टा नाट्य क्षेत्रलाई सक्रिय बनाउन काम गरेका हौं।’

खोपको उपलब्धता बढ्दा कोभिडको प्रभाव कम हुँदै गए पनि कला क्षेत्र भित्रका थुप्रै क्षेत्र खुल्न सकेका छैनन्। सिनेमा हलहरूमा फिल्म प्रदर्शन हुन सकेको छैन। फिल्महरू राम्रोसँग फ्लोरमा जान सकेका छैनन्। यसबीच रंगमञ्‍च भने १८ महिनाको अन्धकारबाट विस्तारै उज्यालोतर्फ अगाडि बढेको छ। रंगकर्मीहरू दर्शक आउने सम्भावना कम हुँदाहुँदै पनि जोखिम मोलेर रंगकर्मलाई भौतिकरूपमै सञ्‍चालन गरिरहेका छन्।

‘हाम्रो कामै यही हो,’ भारती भन्छन्, ‘हामी प्यासनले यो क्षेत्रमा लागेको मान्छे। खाली घरमा बसेर के गर्नु? हामीले काम गरेनौं भने भोलि झन् के हुन्छ, के! कमसेकम अहिले हामीले काम गर्दा नाटक गर्‍यौं भन्ने त हुन्छ।’

रंगमञ्‍चमा दर्शकको उपस्थिति धेरै देखिएका छैनन्। तर, करिब दुई वर्षको निस्क्रियतापछि रंगमञ्‍चहरू खुल्दा यो क्षेत्रसँग जोडिएका रंगकर्मीहरू उत्साहित छन्। रंगमञ्‍चको काम सञ्‍चालन गर्नुको विकल्प नभएरै पनि काम सुरू भएको उनीहरू बताउँछन्।

पुरानो घरमा ‘म’ नाटकको प्रदर्शन सकिएलगत्तै ‘तीन तल्ला’ भन्ने नाटक प्रदर्शन हुँदै छ। थिएटरमा हाल नाटक प्रदर्शनसँगै तीन तल्लाको प्रि-प्रोडक्सनका कामहरू भइरहेका छन्। उक्त नाटकलाई दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी काम भइरहेको भारती बताउँछन्।

पुरानो घरजस्तै अहिले अन्य रंगमञ्‍चहरू पनि नाटकको तयारीमा जुटेका छन्। रातोपुलस्थित शैली थिएटरले दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी नाटकको तयारी गरिरहेको छ। हाल स्क्रिप्ट लेखनदेखि त्यसलाई पढ्ने काम भइरहेको बताउँछिन् शैलीकी सरस्वती अधिकारी।

‘शैलीमा नाटकको तयारी भइरहेको छ,’ अधिकारी भन्छिन्, ‘हाल कक्षाहरू बन्द छन्। केही समय हामी फेरि रंगकर्ममै सक्रिय हुने र नाटक प्रदर्शन गर्ने गरी काम गरिरहेका छौं। दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी अहिले नाटकको प्रि-प्रोडक्सन चलिरहेको छ।’

स्वतन्त्र रूपमा नाट्य क्षेत्रमा सक्रिय रहेका रंगकर्मी टंक चौलागाईं पनि यतिबेला आफ्नो नयाँ नाटकको तयारीमा जुटेका छन्। उनी थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टमाथि आधारित रहेर ‘रुदाने’ नाटकको तयारी गरिरहेका छन्।

देशमा कोरोना महामारी चलिरहँदा चौलागाईं बालबालिकालाई नाट्य प्रशिक्षणसँगै विभिन्न कलेजमा प्रशिक्षण दिइरहेका थिए। त्यसैबीच गत वर्षकै मंसिरमा प्रदर्शन गर्ने गरी ‘रुदाने’ नाटकको तयारी गरिरहेका थिए। तर, कोभिडका कारण त्यो बेला नाटक प्रदर्शन गर्ने स्थिति नै रहेन।

अहिले नाटकलाई छिट्टै प्रदर्शन गर्ने गरी काम गरिरहेको चौलागाईं बताउँछन्। भन्छन्, ‘प्रि-प्रोडक्सनको काम सुरू गर्ने गरी तयारी भइरहेको छ। अहिले नाटकको लेखन गरिरहेको छु।’

कोभिडकै बीच पनि मण्डला थिएटरले सञ्‍चालनमा ल्याएको ‘मण्डला ड्रामा स्कूल’मा प्रशिक्षणको काम चलिरहेको थियो। मण्डलाले १६ जना विद्यार्थीलाई नियमित प्रशिक्षण दिइरहेको छ। अहिले भने नाटक प्रदर्शनको तयारीमा जुटेको छ।

1140x725

गत वर्ष मण्डला थिएटरले पहिले प्रदर्शन भएका नाटकहरूलाई युट्युबमार्फत् ‘भर्चुअल’ रूपमा प्रदर्शन गरेको थियो। यो वर्ष मण्डलामा नाटक ‘युद्धका घाउहरू’ प्रदर्शन भयो। दर्शकलाई भौतिक रूपमा उपस्थित नगराइ उक्त नाटकलाई ‘भर्चुअल’ रूपमा प्रदर्शन गरिएको थियो।

यो पनि पढ्नुहोस्

लोकप्रिय बन्दै नाटकको भर्चुअल मञ्चन, अब थिएटर आउलान् दर्शक?

अहिले भने मण्डलाले ड्रामा स्कूलका विद्यार्थीहरूलाई लिएर नाटकको तयारी गरिरहेको छ। दसैंपछि प्रदर्शन गर्ने गरी तयारी भइरहेको मण्डला थिएटरका सोमनाथ खनाल बताउँछन्। दर्शकको भौतिक उपस्थितिमै नाटक मञ्‍चन गर्ने गरी तयारी भइरहेको उनले बताए। 

‘दसैंअघिसम्म हामी रिहर्सलमै व्यस्त छौं,’ खनाल भन्छन्, ‘दसैंपछि हामी तीन दिनलाई नाटक प्रदर्शन गर्नेछौं। त्यो बाहेक हाम्रा नियमित कामहरू भइरहेका छन्। अब सक्रिय रूपमा हामी नाटकसँगै जोडिएका कामहरू अगाडि बढाउने योजना बनाइरहेका छौं।’

कीर्तिपुरस्थित थिएटर मल पनि दसैं-तिहारपछि निरन्तर नाटकको प्रदर्शनमा जुट्ने तयारीमा छ। थिएटरका संस्थापक केदार श्रेष्ठका अनुसार रंगमञ्‍चलाई दसैं-तिहारपछि सक्रिय बनाउने योजना भएको छ।

‘कीर्तिपुरका स्थानीय मानिसलाई हामीले दर्शक बनाइसकेका छैनौं,’ श्रेष्ठ भन्छन्, ‘दर्शकलाई कीर्तिपुरसम्म बोलाएर नाटक प्रदर्शन गर्ने अवस्था अहिले अलि छैन। हाम्रो आन्तरिक तयारी भइरहेको छ। तर, नाटकको प्रदर्शन तिहारपछि नै हुन्छ।’

हाललाई नियन्त्रित देखिएको महामारी भोलि फेरि पुरानै शैलीमा बढ्दै गए नाट्य क्षेत्र, थिएटरलगायत सञ्‍चालनमा रोक नलाग्ला भन्न सकिँदैन। तर, सरकारले फेरि त्यस्तो निर्णय नगर्दासम्म भने रंगमञ्‍चको काम अब सक्रिय रूपमा हुने बताउँछन् पुरानो घरका भारती।

‘देश हामीले चलाउने होइन, सरकारले चलाउने हो,’ भारती भन्छन्, ‘अहिले एउटा क्लबमा, खाजा खाने रेस्टुरेन्टमा कति भीड हुन्छ। थिएटरमा त कमसेकम मापदण्ड पूरा गरेका छौं। राष्ट्रले खोलेपछि हामीले नाटक प्रदर्शन सुरू गरेका हौं। भोलि फेरि लकडाउन वा अरू केही नभएमा हामी अब निरन्तर रंगकर्ममा जुट्नेछौं।’

रंगमञ्‍चमा दर्शकको उपस्थिति धेरै देखिएका छैनन्। तर, करिब दुई वर्षको निस्क्रियतापछि रंगमञ्‍चहरू खुल्दा यो क्षेत्रसँग जोडिएका रंगकर्मीहरू उत्साहित छन्। रंगमञ्‍चको काम सञ्‍चालन गर्नुको विकल्प नभएरै पनि काम सुरू भएको उनीहरू बताउँछन्। लामो समयसम्मको निक्रियतापछि सबैजसो रंगकर्मी उत्साहित र नयाँ ऊर्जाका साथ काम गर्ने योजना बनाइरहेका देखिन्छन्।

‘यति धेरै समयसम्म खाली बसियो,’ शैली थिएटरकी अधिकारी भन्छिन्, ‘अब इनरजेटिक भएर काम गर्न थालेका छौं। विस्तारै सबै कुरा सहज पनि भएको छ। अब रंगमञ्‍चको काम पनि निरन्तर हुन्छ।’

यो पनि पढ्नुहोस्

कोभिडपछिको रंगमञ्च : खोल्ने तयारी, तर चुनौतीका चाङ

विस्तारै सक्रिय भइरहेको रंगमञ्‍च पुरानै अवस्थामा आउन पक्कै लामो समय लाग्छ। हिजो सामान्य अवस्थामै पनि रंगमञ्‍चका सीमित दर्शक थिए, सीमित मान्छेमाझ मात्रै परिचित थियो रंगकर्म। झन्, कोभिडले त्यसलाई थलाइदियो।

रंगमञ्‍चलाई जीवित राख्‍न रंगकर्मीको सक्रियता अझ बढी आवश्यक देखिन्छ। रंगकर्मी चौलागाईं भन्छन्, ‘रंगमञ्‍च पुरानै अवस्थामा फर्किन अझै कम्तीमा दुई वर्ष लाग्छ। पहिलेकै जस्तो उत्साहमा दर्शक आउन समय लाग्छ। यसबीच हामी निरन्तर आफ्नो काम गरेर यो क्षेत्रलाई सक्रिय बनाउन आवश्यक छ।’

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्