• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

लोकप्रिय बन्दै नाटकको भर्चुअल मञ्चन, अब थिएटर आउलान् दर्शक?

64x64
युवराज भट्टराई बिहीबार, भदौ १७, २०७८  ०७:०६
1140x725
मण्डला थिएटरमा सोमबार मञ्चन गरिएको नाटक ‘युद्धका घाउहरु’ को दृश्य। तस्बिर सौजन्य : मण्डला

काठमाडौं– मण्डला थिएटरले सञ्चालनमा ल्याएको ‘द मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका विद्यार्थीले लेखन तथा निर्देशन गरेको नाटक ‘युद्धका घाउहरु’ १४ भदौ साँझ मञ्चन भयो। तर, नाटक हेर्न दर्शकले मण्डला थिएटर पुग्नु परेन, न टिकट नै काट्नु पर्‍यो। मण्डला थिएटरको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमार्फत भर्चुअल रुपमा नाटक प्रस्तुत गरिएको थियो।

मण्डलाका कलाकारले विभिन्न चार वटा लघु नाटक मञ्चन गरेका थिए। भर्चुअल माध्यमबाट ती नाटक हेर्ने दर्शकको संख्या सात सय पुगिसकेको छ।

करिब डेढ वर्षअघि कोरोना महामारी सुरु भए यता मन्डलामा नाटक प्रदर्शन भएको छैन। गएको महिना शिल्पी थिएटरमा सीमित दर्शक राखेर नाटक मञ्चन गरिएको थियो। डेढ वर्षपछि थिएटरमा देखाइएको त्यो पहिलो नाटक थियो।

महामारीका कारण थिएटर बन्द हुँदा भर्चुअल माध्यमबाट नाटक मञ्चन हुन थालेको छ। ११ चैत २०७६ बाट लकडाउन भएपछि रंगकर्मी केदार श्रेष्ठले भिडियो बनाएर राखिएका नाटक ‘फेसबुक लाइभ’मार्फत प्रदर्शन गरेका थिए। १६ दिन चलेको भर्चुअल प्रदर्शनमा देश विदेशका विभिन्न २० नाटक देखाइएको थियो। 

‘आफू संलग्न भएको नाटकसँगै अन्य नाटक पनि अभिलेख बनाएको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘ती नाटकलाई फेसबुकमार्फत प्रदर्शन गरिएको थियो।’ श्रेष्ठ र उनको समूहले देश विदेशका अन्य रंगकर्मीसँग पनि उनीहरुका नाटक प्रदान गर्न आह्वान गरेको थियो। 

त्यसपछि शिल्पी, मण्डला, कौसीलगायत थिएटरले भर्चुअल रुपमा नाटक मञ्चन गरेका थिए। सात वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘मितज्यू’ निषेधाज्ञाको बेला गएको ३१ वैशाखमा भर्चुअल प्रदर्शन भएको थियो। 

कौसीले पनि भर्चुअल रुपमा ‘प्लेब्याक’ थिएटर आयोजना गरेको थियो। लकडाउनको बेला हरेक बुधबार जुम मार्फत गरिएको प्लेब्याक थिएटरमा दर्शकको अनुभव सुनेर त्यसैमा अभिनय गरिन्थ्यो।

रंगकर्ममा भएको नयाँ प्रयोगका कारण रंगमञ्च चलायमान थियो। भौतिक उपस्थिति हुन नपाए पनि दर्शकले नाटक हेर्न पाएका थिए। मन्डलासँग आबद्ध रंगकर्मी सोमनाथ खनाल भर्चुअल माध्यमबाट भएका प्रदर्शनले नाटकलाई विस्थापन हुन र दर्शकर्लाइ नाटक सम्झाइ रहन टेवा पुर्‍याएको बताउँछन्। नाटक जुनसुकै रुपमा भए पनि यसले रंगमञ्च र नाट्य क्षेत्रलाई ठप्प हुन नदिएको उनको बुझाइ छ। 

Ncell 2
Ncell 2

खनाल भन्छन्, ‘दर्शकले स्टेजमा बसेर हेर्दा जस्तो आनन्द अरु माध्यमबाट हुँदैन। तर, भौतिक रुपमा स्टेजमा उपस्थिति हुन नसकेको बेला भर्चुअल रुपमै पनि नाटकलाई दर्शकसम्म जोड्न सकिएको छ।’

भर्चुअल र थिएटरका दर्शक एकै हुन्?
पहिलो लकडाउनमा आफूले भर्चुअल रुपमा गरेको नाटक प्रदर्शनको ‘लाइभ स्ट्रिमिङ’ पाँच लाखसम्म दर्शकले हेरेको रंगकर्मी श्रेष्ठ सम्झिन्छन्। ‘हामीले गरेको काममाथि बहस हुनै बाँकी छ’, उनी भन्छन्, ‘भर्चुअल रंगमञ्च कति सफल भयो र यसले रंगमञ्चलाई न्याय गर्‍यो कि गरेन भन्ने विषयमा बहस हुनुपर्छ। तर, हामीले गरेको प्रयासले दर्शकमाझमा रंगमञ्चलाई भने चिनाएको छ।’

थिएटरमा महिनाभरि एउटा नाटक प्रदर्शन हुँदा औसतमा चार हजारसम्म दर्शक हुन्छन्। तर, भर्चुअल रुपमा भएको नाटक भने एकै दिनमा लाखौं दर्शकले हेर्ने श्रेष्ठको भनाइ छ। सीमित मान्छे माझमा मात्रै परिचित रंगमञ्चलाई भर्चुअल माध्यमले धेरै दर्शकमा पुर्‍याएको उनी बताउँछन्। 

भर्चुअल प्रदर्शनमा देखिएको उत्साहले थिएटर खुलेपछि भौतिक रुपमा पनि दर्शक बढ्ने श्रेष्ठको आशा छ। ‘हाम्रा थिएटरमा भर्चुअल माध्यममा जस्तै दर्शक आउने हो भने हरेक रंगकर्मीले राम्रोसँग आफ्नो जीवन चलाउन सक्नुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘दर्शक बढे भने एउटै नाटक लामो समय मञ्चन हुन्छ। तर, भर्चुअल माध्यमका सबै दर्शक भौतिक रुपमा पनि उपस्थिति हुन्छ नै भन्ने सुनिश्चित भने छैन।’

रंगकर्मी खनाल पनि भर्चुअल प्रदर्शनमा देखिएको दर्शकको उत्साहले आशा जगाएको बताउँछन्। ‘युट्युब र फेसबुकमा आएका प्रतिक्रियाहरु हेर्दा धेरै दर्शकले रंगमञ्चबारे थाहा पाउनु भएको छ,’ उनी भन्छन्, ‘उहाँहरु सबै कुरा सामान्य भएपछि रंगमञ्चमै आएर नाटक हेर्ने बताउनुहुन्छ। त्यसैले म आशावादी छु।’ तर, अहिले भर्चुअल रुपमा हुने नाटक हेर्ने ठूलो जमात विदेशमा पनि छ। त्यो समूह भने भौतिक रुपमा उपस्थित हुन नसक्ने उनी बताउँछन्। 

विदेशमा बस्नेले नेपाली नाटकबारे जानबारी पाउनु पनि उपलब्धि भएको उनको भनाइ छ। भर्चुअल माध्यममा हेर्ने सबै जना थिएटर आउन संभव पनि नभएको उनी बताउँछन्।

यसकारण नाटकको व्यवस्थित अभिलेखीकरण आवश्यक
रंगकर्मी श्रेष्ठसँग उनले निर्देशन गरेका पुरानै नाटकहरुको भिडियो थिए। उनले ती नाटक नै भर्चुअल माध्यममा प्रदर्शन गरे। उनले लकडाउनमा नाट्य क्षेत्रलाई चलायमान मात्र गराएनन्, नयाँ संभावना पनि खोजे। ‘हामीसँग पुराना नाटकको अभिलेख थियो र लकडाउनमा लाइभ स्ट्रिमिङमार्फत प्रदर्शन गर्न सकियो,’ श्रेष्ठ भन्छन्, ‘अन्य क्षेत्रमा जस्तै नाट्य क्षेत्रमा पनि अभिलेखीकरणको समस्या छ।’

नाटकको अभिलेखीकरणको पाटोमा नेपाली रंगमञ्च कमजोर भएको श्रेष्ठ बताउँछन्। रंगकर्मीलाई यस पटक भने आफ्ना नाटकहरु कुनै न कुनै रुपमा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको हुनुपर्ने उनको तर्क छ। 

मण्डला थिएटरले युट्युबमार्फत गत वैशाखमा प्रदर्शन गरेको नाटक ‘मितज्यू’ सात वर्षअघि प्रदर्शनमा आएको थियो। तर, त्यसको अभिलेख कमजोर थियो। उक्त नाटकलाई दयाहाङ राईले पुनः निर्देशन गरेर भिडियो खिचेर भर्चुअल रुपमा देखाइयो। रंगकर्मी खनालका अनुसार सामान्य रुपमा खिचेर राखिएको हुनाले उक्त नाटक प्रदर्शनयोग्य थिएन। 

रंगकर्म त्यसै पनि खर्चिलो र कम आम्दानी हुने विधामा पर्छ। कलाकारहरु पूर्णरुपमा नाट्यविधामा नै बाँधिएर काम गर्न पाउँदैनन्। कतिपय चलचित्र र सानो पर्दामा काम गर्छन् र थिएटरलाई कम समय दिन्छन्। कतिपय त अन्य पेसा वा व्यवसायमा छन्। ‘कलाकारलाई नै राम्रोसँग पैसा दिन नसकेको बेला हामीले व्यावसायिक रुपमा अभिलेख गर्न सक्दैनौं,’ खनाल भन्छन्, ‘एउटा नाटकको अभिलेखका लागि सामान्य रुपमा खिचेर राख्न पनि ३०/४० हजार खर्च हुन्छ।’

थिएटरहरुले केही वर्ष यता नाटकलाई अभिलेख त गरेका छन्, तर भिडियोको रुपमा प्रदर्शन गर्न योग्य हुनेगरी ती नाटक खिचिएको छैन। मुख्यतः ध्वनिको पाटोबाट नाटकको अभिलेख कमजोर छन्। तर, अहिले भएको भर्चअल प्रदर्शन र त्यसले रंगमञ्चमा पारेको प्रभावका कारण अब आउने दिनमा व्यवस्थित अभिलेख हुने आशा गर्न सकिने खनाल बनाउँछन्।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो शुक्रबार, मंसिर १२, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव शुक्रबार, मंसिर १२, २०८२
हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो शुक्रबार, मंसिर १२, २०८२
आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सभा हुँदै शुक्रबार, मंसिर १२, २०८२
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
सुनको भाउ घट्यो बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्