• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

लोकप्रिय बन्दै नाटकको भर्चुअल मञ्चन, अब थिएटर आउलान् दर्शक?

64x64
युवराज भट्टराई बिहीबार, भदौ १७, २०७८  ०७:०६
1140x725
मण्डला थिएटरमा सोमबार मञ्चन गरिएको नाटक ‘युद्धका घाउहरु’ को दृश्य। तस्बिर सौजन्य : मण्डला

काठमाडौं– मण्डला थिएटरले सञ्चालनमा ल्याएको ‘द मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका विद्यार्थीले लेखन तथा निर्देशन गरेको नाटक ‘युद्धका घाउहरु’ १४ भदौ साँझ मञ्चन भयो। तर, नाटक हेर्न दर्शकले मण्डला थिएटर पुग्नु परेन, न टिकट नै काट्नु पर्‍यो। मण्डला थिएटरको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमार्फत भर्चुअल रुपमा नाटक प्रस्तुत गरिएको थियो।

मण्डलाका कलाकारले विभिन्न चार वटा लघु नाटक मञ्चन गरेका थिए। भर्चुअल माध्यमबाट ती नाटक हेर्ने दर्शकको संख्या सात सय पुगिसकेको छ।

करिब डेढ वर्षअघि कोरोना महामारी सुरु भए यता मन्डलामा नाटक प्रदर्शन भएको छैन। गएको महिना शिल्पी थिएटरमा सीमित दर्शक राखेर नाटक मञ्चन गरिएको थियो। डेढ वर्षपछि थिएटरमा देखाइएको त्यो पहिलो नाटक थियो।

महामारीका कारण थिएटर बन्द हुँदा भर्चुअल माध्यमबाट नाटक मञ्चन हुन थालेको छ। ११ चैत २०७६ बाट लकडाउन भएपछि रंगकर्मी केदार श्रेष्ठले भिडियो बनाएर राखिएका नाटक ‘फेसबुक लाइभ’मार्फत प्रदर्शन गरेका थिए। १६ दिन चलेको भर्चुअल प्रदर्शनमा देश विदेशका विभिन्न २० नाटक देखाइएको थियो। 

‘आफू संलग्न भएको नाटकसँगै अन्य नाटक पनि अभिलेख बनाएको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘ती नाटकलाई फेसबुकमार्फत प्रदर्शन गरिएको थियो।’ श्रेष्ठ र उनको समूहले देश विदेशका अन्य रंगकर्मीसँग पनि उनीहरुका नाटक प्रदान गर्न आह्वान गरेको थियो। 

त्यसपछि शिल्पी, मण्डला, कौसीलगायत थिएटरले भर्चुअल रुपमा नाटक मञ्चन गरेका थिए। सात वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘मितज्यू’ निषेधाज्ञाको बेला गएको ३१ वैशाखमा भर्चुअल प्रदर्शन भएको थियो। 

कौसीले पनि भर्चुअल रुपमा ‘प्लेब्याक’ थिएटर आयोजना गरेको थियो। लकडाउनको बेला हरेक बुधबार जुम मार्फत गरिएको प्लेब्याक थिएटरमा दर्शकको अनुभव सुनेर त्यसैमा अभिनय गरिन्थ्यो।

रंगकर्ममा भएको नयाँ प्रयोगका कारण रंगमञ्च चलायमान थियो। भौतिक उपस्थिति हुन नपाए पनि दर्शकले नाटक हेर्न पाएका थिए। मन्डलासँग आबद्ध रंगकर्मी सोमनाथ खनाल भर्चुअल माध्यमबाट भएका प्रदर्शनले नाटकलाई विस्थापन हुन र दर्शकर्लाइ नाटक सम्झाइ रहन टेवा पुर्‍याएको बताउँछन्। नाटक जुनसुकै रुपमा भए पनि यसले रंगमञ्च र नाट्य क्षेत्रलाई ठप्प हुन नदिएको उनको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

खनाल भन्छन्, ‘दर्शकले स्टेजमा बसेर हेर्दा जस्तो आनन्द अरु माध्यमबाट हुँदैन। तर, भौतिक रुपमा स्टेजमा उपस्थिति हुन नसकेको बेला भर्चुअल रुपमै पनि नाटकलाई दर्शकसम्म जोड्न सकिएको छ।’

भर्चुअल र थिएटरका दर्शक एकै हुन्?
पहिलो लकडाउनमा आफूले भर्चुअल रुपमा गरेको नाटक प्रदर्शनको ‘लाइभ स्ट्रिमिङ’ पाँच लाखसम्म दर्शकले हेरेको रंगकर्मी श्रेष्ठ सम्झिन्छन्। ‘हामीले गरेको काममाथि बहस हुनै बाँकी छ’, उनी भन्छन्, ‘भर्चुअल रंगमञ्च कति सफल भयो र यसले रंगमञ्चलाई न्याय गर्‍यो कि गरेन भन्ने विषयमा बहस हुनुपर्छ। तर, हामीले गरेको प्रयासले दर्शकमाझमा रंगमञ्चलाई भने चिनाएको छ।’

थिएटरमा महिनाभरि एउटा नाटक प्रदर्शन हुँदा औसतमा चार हजारसम्म दर्शक हुन्छन्। तर, भर्चुअल रुपमा भएको नाटक भने एकै दिनमा लाखौं दर्शकले हेर्ने श्रेष्ठको भनाइ छ। सीमित मान्छे माझमा मात्रै परिचित रंगमञ्चलाई भर्चुअल माध्यमले धेरै दर्शकमा पुर्‍याएको उनी बताउँछन्। 

भर्चुअल प्रदर्शनमा देखिएको उत्साहले थिएटर खुलेपछि भौतिक रुपमा पनि दर्शक बढ्ने श्रेष्ठको आशा छ। ‘हाम्रा थिएटरमा भर्चुअल माध्यममा जस्तै दर्शक आउने हो भने हरेक रंगकर्मीले राम्रोसँग आफ्नो जीवन चलाउन सक्नुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘दर्शक बढे भने एउटै नाटक लामो समय मञ्चन हुन्छ। तर, भर्चुअल माध्यमका सबै दर्शक भौतिक रुपमा पनि उपस्थिति हुन्छ नै भन्ने सुनिश्चित भने छैन।’

रंगकर्मी खनाल पनि भर्चुअल प्रदर्शनमा देखिएको दर्शकको उत्साहले आशा जगाएको बताउँछन्। ‘युट्युब र फेसबुकमा आएका प्रतिक्रियाहरु हेर्दा धेरै दर्शकले रंगमञ्चबारे थाहा पाउनु भएको छ,’ उनी भन्छन्, ‘उहाँहरु सबै कुरा सामान्य भएपछि रंगमञ्चमै आएर नाटक हेर्ने बताउनुहुन्छ। त्यसैले म आशावादी छु।’ तर, अहिले भर्चुअल रुपमा हुने नाटक हेर्ने ठूलो जमात विदेशमा पनि छ। त्यो समूह भने भौतिक रुपमा उपस्थित हुन नसक्ने उनी बताउँछन्। 

विदेशमा बस्नेले नेपाली नाटकबारे जानबारी पाउनु पनि उपलब्धि भएको उनको भनाइ छ। भर्चुअल माध्यममा हेर्ने सबै जना थिएटर आउन संभव पनि नभएको उनी बताउँछन्।

यसकारण नाटकको व्यवस्थित अभिलेखीकरण आवश्यक
रंगकर्मी श्रेष्ठसँग उनले निर्देशन गरेका पुरानै नाटकहरुको भिडियो थिए। उनले ती नाटक नै भर्चुअल माध्यममा प्रदर्शन गरे। उनले लकडाउनमा नाट्य क्षेत्रलाई चलायमान मात्र गराएनन्, नयाँ संभावना पनि खोजे। ‘हामीसँग पुराना नाटकको अभिलेख थियो र लकडाउनमा लाइभ स्ट्रिमिङमार्फत प्रदर्शन गर्न सकियो,’ श्रेष्ठ भन्छन्, ‘अन्य क्षेत्रमा जस्तै नाट्य क्षेत्रमा पनि अभिलेखीकरणको समस्या छ।’

नाटकको अभिलेखीकरणको पाटोमा नेपाली रंगमञ्च कमजोर भएको श्रेष्ठ बताउँछन्। रंगकर्मीलाई यस पटक भने आफ्ना नाटकहरु कुनै न कुनै रुपमा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको हुनुपर्ने उनको तर्क छ। 

मण्डला थिएटरले युट्युबमार्फत गत वैशाखमा प्रदर्शन गरेको नाटक ‘मितज्यू’ सात वर्षअघि प्रदर्शनमा आएको थियो। तर, त्यसको अभिलेख कमजोर थियो। उक्त नाटकलाई दयाहाङ राईले पुनः निर्देशन गरेर भिडियो खिचेर भर्चुअल रुपमा देखाइयो। रंगकर्मी खनालका अनुसार सामान्य रुपमा खिचेर राखिएको हुनाले उक्त नाटक प्रदर्शनयोग्य थिएन। 

रंगकर्म त्यसै पनि खर्चिलो र कम आम्दानी हुने विधामा पर्छ। कलाकारहरु पूर्णरुपमा नाट्यविधामा नै बाँधिएर काम गर्न पाउँदैनन्। कतिपय चलचित्र र सानो पर्दामा काम गर्छन् र थिएटरलाई कम समय दिन्छन्। कतिपय त अन्य पेसा वा व्यवसायमा छन्। ‘कलाकारलाई नै राम्रोसँग पैसा दिन नसकेको बेला हामीले व्यावसायिक रुपमा अभिलेख गर्न सक्दैनौं,’ खनाल भन्छन्, ‘एउटा नाटकको अभिलेखका लागि सामान्य रुपमा खिचेर राख्न पनि ३०/४० हजार खर्च हुन्छ।’

थिएटरहरुले केही वर्ष यता नाटकलाई अभिलेख त गरेका छन्, तर भिडियोको रुपमा प्रदर्शन गर्न योग्य हुनेगरी ती नाटक खिचिएको छैन। मुख्यतः ध्वनिको पाटोबाट नाटकको अभिलेख कमजोर छन्। तर, अहिले भएको भर्चअल प्रदर्शन र त्यसले रंगमञ्चमा पारेको प्रभावका कारण अब आउने दिनमा व्यवस्थित अभिलेख हुने आशा गर्न सकिने खनाल बनाउँछन्।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्