• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

कोभिडपछिको रंगमञ्च : खोल्ने तयारी, तर चुनौतीका चाङ

64x64
युवराज भट्टराई मंगलबार, असोज १२, २०७८  ०९:१३
1140x725
तस्बिर : मन्डला थिएटर

काठमाडौं– कोभिड महामारीका कारण २०७६ चैतपछि थिएटरमा नाटक प्रदर्शन हुन सकेन। तर, महामारीकालमा भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गर्ने नयाँ ‘ट्रेन्ड’को सुरुवात भएको छ।

काठमाडौँका थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत थिएटरले भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गरे। यी थिएटरले नयाँ माध्यमबाट  भए पनि नाट्य क्षेत्रलाई चलायमान राखे। 

महामारी विस्तारै घटेपछि नाट्य क्षेत्र पनि विस्तारै चलायमान हुँदै गएका छन्। गएको साउनमा मात्र शिल्पी थिएटरमा पहिलो पटक दर्शकको भौतिक उपस्थितिमा नाटक प्रदर्शन भयो। अन्य थिएटरमा पनि नाटक प्रदर्शनीको तयारी भइरहेको छ। नाटकका दर्शकलाई अबको नेपाली रंगमञ्च कस्तो होला भन्ने चासो बढेको छ।

कोभिडकालपछि रंगमञ्चमा पहिलाजस्तो दर्शक नझुम्मिने कतिपयको आकलन छ। तर, रंगकर्मीहरु भने थिएटर फेरि जाग्ने बताउँछन्। ‘अवस्था थोरै सहज हुँदै जाने हो भने दर्शकहरु रंगमञ्चसम्म आइपुग्छन् भन्ने नै लागेको छ,’ शिल्पी थिएटरका रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘अहिले हामीले भर्चुअल अभ्यास गरेर यो क्षेत्रलाई चलायमान राखेका छौँ। सधैँ अवस्था यस्तो हुँदैन। सहज अवस्थामा फेरि दर्शक रंगमञ्चसम्म आइपुग्छन्।’

रंगमञ्च खुलेपछि भर्चुअलमा नाटक हेरेका नयाँ दर्शक पनि थपिने उनको आशा छ। ‘कोरोनाकालका प्रयोगहरु भोलि पनि हामी नाटकमा गर्छौं,’ घिमिरे भन्छन्, ‘अब नाटक प्रदर्शन गर्दा एक दुई शो भर्चुअल रुपमा गर्ने सोचेका छौं। यसले थिएटरलाई नोक्सान नभएर अन्तराष्ट्रियस्तरमा पुर्‍याउँछ।’

कोभिडपछि नेपाली रंगमञ्चमा भर्चुअलमाध्यमले कुनै न कुनै रुपमा उपस्थिति जनाउने देखिएको छ। थिएटरमा प्रदर्शन भएका नाटकहरुलाई भर्चुअल माध्यमबाट पनि प्रसारण गरेर नाटक हेर्ने दर्शकको दायरा फराकिलो बनाउन सकिने निर्देशक घिमिरे बताउँछन्।

रंगमञ्चमा कोभिडका कथा
विश्वभर कोरोना महामारीसँग जोडिएका कथाहरु रंगमञ्चमा प्रस्तुत हुन थालिसकेका छन्। अमेरिकाको वासिङ्टनमा रहेको ‘मेट्रो थिएटर कम्पनी’ले कोभिडबीचमै 'कोभिडकाल कथाहरु'लाई नाटकमा प्रस्तुत गरेको थियो। ३० जुलाई २०२० मा करिब एक घण्टा लामो नाटक ‘अर्लि डेज– स्टोरिज अफ द पेन्डेमिक’ भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो। 

बेलायत, क्विन्सवेस्थित हुबर्ब थिएटर कम्पनीले पनि कोभिडकालमा भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गरेको थियो। यो थिएटरले औसतमा १५ देखि २० मिनेटका दर्जनभन्दा बढी नाटकहरुको भिडियो युट्युबमा राखेको थियो। तीमध्ये ‘टायम ट्राभल’, ‘अ प्लेस कल्ड होम’जस्ता नाटकहरुमा कोभिडका कारण सिर्जना भएको अन्योलग्रस्त अवस्थालाई चित्रण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा पनि अब बन्ने नाटकहरुमा कोभिडकालको कथा आउने आशा गरिएको छ। रंगकर्मी केदार श्रेष्ठ कोरोनाकालका कथाले नेपाली रंगमञ्चमा उपयुक्त स्थान पाउने बताउँछन्। रंमगञ्चमा समसामयिक कथा भन्ने रंगकर्मीका निम्ति अब भन्ने कथा कोरोनासँगै जोडिएका हुने उनी बताउँछन्। ‘ठूला घटनाले हामीलाई थुप्रै कथाहरु दिएको हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘ती कथा बिस्तारै हाम्रो रंगमञ्चमा आएका छन्। कोरोनाकालका कथा पनि विस्तारै रंगमञ्चमा आउँछन्। अब हामीले भन्ने समसामयिक कथाहरु यिनै हुन्।’

तर, कोभिडसँग सम्बन्धित कथा तत्कालै नेपाली रंगमञ्चका दर्शकले हेर्न पाउने सम्भावना नरहेको र‌ंगकर्मी घिमिरे बताउँछन्। डेढ वर्षसम्म अन्योलग्रस्त समयसँग जुँधेका रंगकर्मी फेरि त्यही मनोविज्ञानका कथा बुन्न जाँगर नचलाउन सक्छन्। रंगकर्मी घिमिरे अबको दुई चार वर्षपछि मात्रै यी कथामा काम गर्न उत्साह हुने बताउँछन्।

‘भर्खर यो तनावबाट मुक्त भएकाले तत्काल कोरोनाका कथाहरुमा काम गर्न जाँगर चल्दैन,’ घिमिरे भन्छन्, ‘अहिले नै त्यो तनावलाई नाटकमा देखाउन मन पनि छैन। भोलि यी कथामा साहित्य लेखिन्छन्। अनि मात्रै नाटक बनाउनुपर्छ।’

राज्यले महत्व नदिएको गुनासो
राज्यले रंगमञ्च र रंगकर्मीका लागि विशेष योगदान केही गरेको छैन। रंगकर्मीहरु आफ्नै बलबुताले यहाँसम्म आइपुगेका छन्। सडक नाटक गर्नेदेखि थिएटर खोल्नेसम्मका काम रंगकर्मीले नै गरेका छन्। महामारीको समयमा पनि राज्यले यो क्षेत्रप्रति चासो देखाएन।

‘यो देशमा नाट्य क्षेत्रलाई राज्यको तर्फबाट कुनै किसिमको सम्बोधन नआउने पुष्टि भएको छ,’ रंगकर्मी घिमिरे भन्छन्, ‘कोभिडकालसँग जुँधिरहँदा अन्य क्षेत्रलाई राज्यले आश्वासन भए पनि दिएको छ। तर, नाट्य क्षेत्रलाई सम्बोधन गर्नसम्म आवश्यक ठानेन।’

नेपालको सन्दर्भमा नाट्य क्षेत्र सधैँजसो प्रतिपक्षी बनेर उभिएको कारण राज्यको उपेक्षामा पर्ने गरेको छ। राज्यको कमिकमजोरीमाथि प्रश्न गर्ने भएकैले यो क्षेत्रलाई बेवास्ता गरिएको रंगकर्मी घिमिरे बताउँछन्। ‘जबसम्म राज्यले आलोचनालाई सहज रुपमा ग्रहण गर्न सक्दैन, तबसम्म यो क्षेत्रलाई बेवास्ता गरिरहन्छ,’ उनी भन्छन्। 

झन् थलिए मोफसलका थिएटर
काठमाडौँ रहेका थिएटरहरु महामारीबीच जसोतसो जोगिएका छन्। तर, काठमाडौँबाहिर भने रंगमञ्चलाई कोरोना महामारीले चुनौतीको चाङ नै थपिदिएको छ।

महामारीअघि पनि मोफसलका रंगमञ्च संघर्षरत थिए। रंगकर्मीहरुको उत्साहले मात्रै टिकेका थिए। कोभिडका कारण झन् थलिएको कर्णालीका रंगकर्मी हिरा बिजुली नेपाली बताउँछन्। कर्णालीमा थिएटर सञ्चालनका लागि नेपाली र उनको समूहले संघर्ष गरिरहेको थियो। तर, कोभिडका कारण थिएटर खोल्ने विषय तत्काललाई बन्द भएको उनी बताउँछन्।

‘हामीले धेरै प्रयास गरिरहँदा पनि नाटक देखाउने, जनमानसमा जाने सबै काम ठप्प भयो,’ नेपाली भन्छन्, ‘यहाँ आर्थिक पाटोको मात्र विषय होइन, मनोवैज्ञानिक त्रास पनि जोडियो। कोभिडका कारण थिएटरका काम रोकिएका छन्।’

हाल उनको समूह नयाँ नाटकमाथि काम गरिरहेको छ। नयाँ नाटक मञ्चनका लागि कथा लेख्ने र आवश्यक खर्च जुटाउने काम गरिरहेका छन्। ‘कोभिड नआएको भए अहिलेसम्म कर्णालीमा हामीले थिएटर सञ्चालनमा ल्याइसक्थ्यौं,’ नेपाली भन्छन्, ‘प्रदर्शनदेखि सबै पक्षमा असर गर्‍यो। मान्छेसँग भेटघाट त भयो, तर थिएटरलाई अघि बढाउने काम बन्द भएको छ।’

कोभिडकालअघि पनि मोफसलमा पैसा तिरेरै नाटक हेर्ने चलन चलिसकेको थिएन। आफ्नै नाटकघर खोलेकाहरुले पनि नाटक मञ्चन गर्दा दर्शक जुटाउनै समस्या हुन्थ्यो। विभिन्न स्कुलका बालबालिकालाई ल्याउनेदेखि विनाटिकट नै नाटक मञ्चन गरिन्थ्यो।

कोभिडका कारण यो जोखिम झन् बढेको छ। व्यावसायिक बन्न खोज्दै गरेका मोफसलका थिएटर झन् थलिएको नेपाली बताउँछन्। उनी भन्छन्, ‘काठमाडौंबाट आफ्नै ठाउँमा रंगकर्म गर्छु भन्ने सपना बोकेर जाने रंगकर्मीलाई अब के गर्ने भन्ने अन्योल छ। कतिपयलाई यो क्षेत्र नै छाड्नुपर्ने स्थिति भइसक्यो। अब अगाडि बढ्न धेरै चुनौती थपिएको छ।’

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्