काठमाडौं- सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंको न्युरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो।
बजार अनुगमनपछि विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्युरोड र मख्खनगल्लीमा सात वटाभन्दा धेरै पसलमा अनुगमन गरिएको बताए। उनले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए।
अनुगमनमा मुख्य समस्याहरु खरिद-बिक्री बिलको रहेको बताए। उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए। पसलमा मुख्य व्यापारी नभएकाले तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको हो।
निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।