काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० कायम गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोही मूल्यमा कारोबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।