काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ। बिहीबार ८८ हजार ७ सय रुपैयाँमा कारोबार छापावालको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज तेजाबी सुनको प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ। चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ।
बिहीबार ११ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज ११ सय ४० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।