काठमाडौं– अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार सहजीकरण गरिदिन आग्रह गरेको छ।
बुधवार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै त्यस्तो अपिल गरेको हो।
भेटमा नाडाका प्रतिनिधि र भन्सार महानिर्देशकबीच विभिन्न विषयमा छलफलसमेत भएको थियो। यसैगरी महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफ्टा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरूको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए।
छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरूमा पर्ने समस्याबारे जानकारी गराएका थिए।
सो अवसरमा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरूका लागि सहजीकरण गरिने बताउँंदै व्यवसायीहरूका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए ।
भन्सार विभागले ट्रस्टेड ट्रेडर्सहरूको प्रोफाइलसमेत तयार गर्न लागेको बताउँदै उनले यसबाट व्यवसायीलाई सहज हुने विश्वास लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।