काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। बुधबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार छापावालको मूल्य तोलामा २ सय रुपैयाँले घटेको
नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज तेजाबी सुनको प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ। चाँदीको मूल्य भने बुधबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ। बुधबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज ११ सय २० रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।