काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा छलफल थालेका छन्।
बुधबार मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक पर्ने स्रात साधन र उपायका विषयमा छलफल भगरेका हुन्।
यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्।
विभिन्न बिमा कम्पनीले बीमितहरुलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।