काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डरग्राउन्ड केवल बिछ्याउने (तार भूमिगत गर्ने) कामले गति लिन नसकेको बताएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले अन्डरग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको जानकारी दिए। उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्याउन प्राधिकरण प्रतिबद्ध रहेको बताए।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले करिब ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा सघाउ पुर्याएको स्मरण गराए।
कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताहरुबाट वार्षिक करिव ७० अर्ब रुपैयाँ आयआर्जन गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।