काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ सयले घटेको हो।
छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ।
अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।