फाइल तस्बिर
काठमाडौं– विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गराइएको छ।
विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण गरेको त्रिभुवन विमानस्थलले जनाएको छ।
विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।
सोमबार बिहान विराटनगरको आकाशमा झन्डै २ घण्टाको घुमाइपछि त्रिभुवन विमानस्थल (काठमाडौं) मा सुरक्षित अवतरण गरेको हो।
विमान केही समय आकाशमै होल्ड गरेर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको हो। योसँगै उक्त विमान दुर्घटनवाट जोगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।