• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट : योजनाकार नै अर्कै व्यक्ति, ५ जनाको पूर्वयोजनामा हत्या 
64x64
नारायण अधिकारी सोमबार, असोज ४, २०७८  १२:०५
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या घटनामा नयाँ ट्वीस्ट आएको छ। हत्या पूर्वयोजना अनुसार भएको पाइएको छ। थप चार जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेसँगै घटनामा नयाँ ट्वीस्ट देखिएको हो। 

भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले भतिज नाता पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो। त्यसपछि पनि सुक्ष्म अनुसन्धान गरेको प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की छन्। रणबहादुर लोकबहादुरका बाबु हुन्। 

यो सँगै ६ जनाको हत्या घटनामा रणबहादुरका तीन बाबुछोराको संलग्नता रहेको खुलेको छ भने खड्गबहादुरका बाबुछोरा पनि हत्या घटनामा मुछिएका छन्। पक्राउ परेका सबै जना लालबहादुर कार्कीका छोरा-नातिहरु हुन्। 

यो घटना योजनाबद्ध तरिकाले भएको पाइएको छ। लोकबहादुरको घरमा हत्याको योजना बनााएको पाइएको संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए। सुवेदीका अनुसार राति ८ बजेतिर मुख्य योजनाकार खड्गबहादुर कार्कीसहितका व्यक्ति लोकबहादुरको घरमा भेला भएका थिए। 

घटना हुने दिन तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने मौकामा हत्या गर्ने योजना बनेको पाइएको छ। तेजबहादुरको हत्या गरेको अरुले थाहा पाए उनीहरूलाई पनि हत्या गर्ने र मिलेसम्म धनमाल समेत लुट्ने योजना रहेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए।

घटना हुने दिन तेजबहादुर कार्की पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने तय भएको थियो। पूर्वयोजना अनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएका थिए।

खड्गले तेबजहादुरलाई ‘लोके अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेको पाइएको छ। खड्गले तेजबहादुरलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए। तेजबहादुर लोकबहादुरको घरतर्फ गएपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा बसेको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2

त्यसपछि तेजबहादुर लोकबहादुरको घरमा गई ‘अल्छी अझैसम्म उठ्दैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए। त्यतिबेला लोकबहादुरका भाइ नरेश र बाबु रणबहादुर घरमै रहेको पाइएको छ। तेजबहादुर फर्कने बेलामा लोकबहादुरले भाइ नरेशलाई पूर्वयोजना अनुसार इसारा गरी दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकेर पछिपछि गएको अनुसन्धानबाट खुलेको छ।

गोगनेको रुख नजिक पुगेपछि तेजबहादुरको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुरले समेत दाउराको चिर्पटले तेजबहादुरलाई प्रहार गरेका थिए। हस्तबहादुरले तेजबहादुरलाई चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएको अनुसन्धानबाट खुलेको छ।

आफूमाथि प्रहार हुन थालेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै चिच्याएको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जानाले उक्त आवाज सुनेर आएपछि उनीहरुमाथि पनि प्रहार भएको पाइएको छ। लोकबहादुरले कमलालाई सुरुमा प्रहार गरेको र कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको खुलेको छ।

हस्तबहादुरले नै रन्जनालाई ठेलेर खोल्सामा झारेको प्रहरीले जनाएको छ। उनलाई खड्गबहादुर, हस्तबहादुर र लोकबहादुर मिलेर हत्या गरेको खुलेको छ।

घटनाका बेला तेजबहादुरका नाति-नातिनी दिपेन र गोमा समेत बाटोमा आउँदै गरेको देखेपछि हस्तबहादुर र लोकबहादुरले मुखु थुन्दै चिर्पटले हानेर हत्या गरेको खुलेको छ। त्यसपछि पाँचै जना अभियुक्तहरु मृतकको घर गएका थिए। घरमा ८४ वर्षीया पार्वती मकै नंग्याइ रहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठमा पुर्‍याएका थिए। त्यहीँ लोकबहादुरले टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि सबै जना घटनामा प्रयोग भएको चिर्पट र चक्कु बोकी लोकबहादुरको घरमा गएका थिए। छुरामा लागेको रगत पखाली त्यसलाई घरको बुइँगलमा लुकाएको खुलेको छ। चिर्पट बालेको र रगत लागेका कपडाहरु लुकाएको पाइएको छ। त्यसपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर आफ्नो घरतर्फ लागे। सो क्रममा रन्जनाको ओप्पो मोबाइल नरेशले लिएर आइ स्वीच अफ गरेर घरमुनिको ओडारमा लुकाएर राखेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि घटनाबारे कसैले सोधेमा कुनै जानकारी नै नभएको र प्रहरी आइ पत्ता लगाएमा लोकबहादुर मानसिक रोगी पनि रहेकाले उसैका कारण घटना भएको भन्ने सल्लाह समेत भएको खुलेको छ।

पक्राउ परेका सबै अभियुक्तहरुले घटना स्वीकार गरेको डीएसपी सुवेदीले बताए। घटनामा प्रयोग भएको छुरा, कपडा र हराएको मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ।

अभियुक्तमध्ये खड्गबहादुर नियमित रक्सी पिउने, श्रीमती र परिवारका सदस्यसँग झगडा गर्ने गर्थे। खड्गबहादुरको यस्तो गतिविधि देखेपछि तेजबहादुरले ‘तँ जड्याहा यस्तो गर्छस्’ भन्दै गाली गर्ने गरेको खुलेको छ।

उता लोकबहादुरलाई ‘पागल’, नरेशलाई ‘तँ (होच्याउने शब्द प्रयोग गर्दै) काम नलाग्ने भइस्’, रणबहादुरलाई ‘तँ (शारीरिक क्षमतामाथि विभेद हुने शब्द प्रयोग गर्दै) केही गर्न सक्दैनस्’ भन्ने गरेको र सोही हेपाइका कारण हत्याको योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

यो पनि पढ्नुहोस् :

संखुवासभा हत्याकाण्ड : थप चार जना पक्राउ, सार्वजनिक गरिँदै
जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए
संखुवासभा घटना : लोकबहादुरको घरमा भेटियो मृतक रञ्जनाको मोबाइल
संखुवासभा सामूहिक हत्या घटना : आरोपी लोकबहादुर सार्वजनिक, अभियोग स्वीकार गरेको प्रहरी दाबी
संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ
संखुवासभा हत्याकाण्ड: ५ दिन बित्दा शंकास्पद समेत भेटिएनन्
संखुवासभा हत्या घटना– इटहरीको बुढीगंगा घाटमा ६ जनाको सामूहिक दाहसंस्कार
संखुवासभा हत्या घटना– घटनास्थलमा भेटियो १५ तोला सुन र ३ लाख रुपैयाँ नगद
संखुवासभा हत्या घटना– ६ जनाकै शव परीक्षणका लागि धरान लगियो
संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार
संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप शनिबार दिउँसो ठूली भेरी नगरपालिका - १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो। शनिबार, जेठ १०, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती प... शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा प्रहरी प्रधान कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहि... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा शनिबार, जेठ १०, २०८२
नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता थियो : सिटौला शनिबार, जेठ १०, २०८२
भिजिट भिसा प्रकरण : आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक शनिबार, जेठ १०, २०८२
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार, जेठ १०, २०८२
अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको ठूलो प्रकोप, हजारौं घर प्रभावित शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्