• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट : योजनाकार नै अर्कै व्यक्ति, ५ जनाको पूर्वयोजनामा हत्या 

64x64
नारायण अधिकारी सोमबार, असोज ४, २०७८  १२:०५
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या घटनामा नयाँ ट्वीस्ट आएको छ। हत्या पूर्वयोजना अनुसार भएको पाइएको छ। थप चार जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेसँगै घटनामा नयाँ ट्वीस्ट देखिएको हो। 

भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले भतिज नाता पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो। त्यसपछि पनि सुक्ष्म अनुसन्धान गरेको प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की छन्। रणबहादुर लोकबहादुरका बाबु हुन्। 

यो सँगै ६ जनाको हत्या घटनामा रणबहादुरका तीन बाबुछोराको संलग्नता रहेको खुलेको छ भने खड्गबहादुरका बाबुछोरा पनि हत्या घटनामा मुछिएका छन्। पक्राउ परेका सबै जना लालबहादुर कार्कीका छोरा-नातिहरु हुन्। 

यो घटना योजनाबद्ध तरिकाले भएको पाइएको छ। लोकबहादुरको घरमा हत्याको योजना बनााएको पाइएको संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए। सुवेदीका अनुसार राति ८ बजेतिर मुख्य योजनाकार खड्गबहादुर कार्कीसहितका व्यक्ति लोकबहादुरको घरमा भेला भएका थिए। 

घटना हुने दिन तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने मौकामा हत्या गर्ने योजना बनेको पाइएको छ। तेजबहादुरको हत्या गरेको अरुले थाहा पाए उनीहरूलाई पनि हत्या गर्ने र मिलेसम्म धनमाल समेत लुट्ने योजना रहेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए।

घटना हुने दिन तेजबहादुर कार्की पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने तय भएको थियो। पूर्वयोजना अनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएका थिए।

खड्गले तेबजहादुरलाई ‘लोके अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेको पाइएको छ। खड्गले तेजबहादुरलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए। तेजबहादुर लोकबहादुरको घरतर्फ गएपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा बसेको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि तेजबहादुर लोकबहादुरको घरमा गई ‘अल्छी अझैसम्म उठ्दैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए। त्यतिबेला लोकबहादुरका भाइ नरेश र बाबु रणबहादुर घरमै रहेको पाइएको छ। तेजबहादुर फर्कने बेलामा लोकबहादुरले भाइ नरेशलाई पूर्वयोजना अनुसार इसारा गरी दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकेर पछिपछि गएको अनुसन्धानबाट खुलेको छ।

गोगनेको रुख नजिक पुगेपछि तेजबहादुरको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुरले समेत दाउराको चिर्पटले तेजबहादुरलाई प्रहार गरेका थिए। हस्तबहादुरले तेजबहादुरलाई चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएको अनुसन्धानबाट खुलेको छ।

आफूमाथि प्रहार हुन थालेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै चिच्याएको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जानाले उक्त आवाज सुनेर आएपछि उनीहरुमाथि पनि प्रहार भएको पाइएको छ। लोकबहादुरले कमलालाई सुरुमा प्रहार गरेको र कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको खुलेको छ।

हस्तबहादुरले नै रन्जनालाई ठेलेर खोल्सामा झारेको प्रहरीले जनाएको छ। उनलाई खड्गबहादुर, हस्तबहादुर र लोकबहादुर मिलेर हत्या गरेको खुलेको छ।

घटनाका बेला तेजबहादुरका नाति-नातिनी दिपेन र गोमा समेत बाटोमा आउँदै गरेको देखेपछि हस्तबहादुर र लोकबहादुरले मुखु थुन्दै चिर्पटले हानेर हत्या गरेको खुलेको छ। त्यसपछि पाँचै जना अभियुक्तहरु मृतकको घर गएका थिए। घरमा ८४ वर्षीया पार्वती मकै नंग्याइ रहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठमा पुर्‍याएका थिए। त्यहीँ लोकबहादुरले टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि सबै जना घटनामा प्रयोग भएको चिर्पट र चक्कु बोकी लोकबहादुरको घरमा गएका थिए। छुरामा लागेको रगत पखाली त्यसलाई घरको बुइँगलमा लुकाएको खुलेको छ। चिर्पट बालेको र रगत लागेका कपडाहरु लुकाएको पाइएको छ। त्यसपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर आफ्नो घरतर्फ लागे। सो क्रममा रन्जनाको ओप्पो मोबाइल नरेशले लिएर आइ स्वीच अफ गरेर घरमुनिको ओडारमा लुकाएर राखेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि घटनाबारे कसैले सोधेमा कुनै जानकारी नै नभएको र प्रहरी आइ पत्ता लगाएमा लोकबहादुर मानसिक रोगी पनि रहेकाले उसैका कारण घटना भएको भन्ने सल्लाह समेत भएको खुलेको छ।

पक्राउ परेका सबै अभियुक्तहरुले घटना स्वीकार गरेको डीएसपी सुवेदीले बताए। घटनामा प्रयोग भएको छुरा, कपडा र हराएको मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ।

अभियुक्तमध्ये खड्गबहादुर नियमित रक्सी पिउने, श्रीमती र परिवारका सदस्यसँग झगडा गर्ने गर्थे। खड्गबहादुरको यस्तो गतिविधि देखेपछि तेजबहादुरले ‘तँ जड्याहा यस्तो गर्छस्’ भन्दै गाली गर्ने गरेको खुलेको छ।

उता लोकबहादुरलाई ‘पागल’, नरेशलाई ‘तँ (होच्याउने शब्द प्रयोग गर्दै) काम नलाग्ने भइस्’, रणबहादुरलाई ‘तँ (शारीरिक क्षमतामाथि विभेद हुने शब्द प्रयोग गर्दै) केही गर्न सक्दैनस्’ भन्ने गरेको र सोही हेपाइका कारण हत्याको योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

यो पनि पढ्नुहोस् :

संखुवासभा हत्याकाण्ड : थप चार जना पक्राउ, सार्वजनिक गरिँदै
जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए
संखुवासभा घटना : लोकबहादुरको घरमा भेटियो मृतक रञ्जनाको मोबाइल
संखुवासभा सामूहिक हत्या घटना : आरोपी लोकबहादुर सार्वजनिक, अभियोग स्वीकार गरेको प्रहरी दाबी
संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ
संखुवासभा हत्याकाण्ड: ५ दिन बित्दा शंकास्पद समेत भेटिएनन्
संखुवासभा हत्या घटना– इटहरीको बुढीगंगा घाटमा ६ जनाको सामूहिक दाहसंस्कार
संखुवासभा हत्या घटना– घटनास्थलमा भेटियो १५ तोला सुन र ३ लाख रुपैयाँ नगद
संखुवासभा हत्या घटना– ६ जनाकै शव परीक्षणका लागि धरान लगियो
संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार
संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्