काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन्।
संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की र नरेश कार्की छन्। उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका मान्छे रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई सोमबार सार्वजनिक गरिने डिएसपी सुवेदीले बताए। यसअघि घटनामा संलग्न भएको आरोपमा प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।
भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।