• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाली प्रशिक्षक भन्छन्- नतिजा हाम्रो पक्षमा नआएपनि टोलीको प्रदर्शन राम्रो देखियो

64x64
नेपाल लाइभ शनिबार, असोज २, २०७८  २०:४४
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नतिजा आफ्नो पक्षमा नआएपनि टोलीको प्रदर्शन राम्रो रहेको बताएका छन्। 

शनिबार फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएपछि बोल्दै उनले फिलिपिन्सजस्तो व्यावसायिक खेलाडीले भरिपूर्ण टोलीसँग यो स्तरको प्रदर्शन राम्रो रहको प्रतिक्रिया दिएका हुन्। 

उज्वेकिस्तानको जेएआर स्टेडियमा सम्पन्न एएफसी महिला एसियन कप–२०२२ को छनोटअन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपाल बलियो प्रतिद्धन्द्धी फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो।

खेलमा सुरुवाती अग्रता विमला चौधरीले दिलाएपनि ९०औं मिनेटमा ताहनाई अन्निस र केमिली विल्सनले ९२औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई २–१ ले जित दिलाइन्।  

प्रशिक्षक फिलिप्सले यो नतिजाबाट आफू निकै दुखी रहेको सुनाए। ‘खेलको ८५औं मिनेटसम्म राम्रो प्रदर्शन गर्यौं। हामी योभन्दा राम्रो नतिजाको लागि योग्य थियौं। तर, अन्तिम ५ मिनेटमा केही गल्तीका कारण खेल गुमाउन पुग्यौं। हामी निकै दुखी छौं,’ उनले भने।

आजको खेल हेर्दा नेपाली टोलीमा खेलको समय र अन्तर्राष्ट्रिय अनुभवको कमी देखिएको उनले बताए। 

‘हाफटाइमसम्म म र टोली नै खेल जित्नेमा विश्वस्त थियौं। हामीले योजना अनुसार नै काउन्टर अट्याकमा खेल्यौं। हामीले बल आफ्नो पकडमा हुँदा केही राम्रो गर्न सक्थ्यौं। अन्तिममा दबाब खेप्नुबाहेक खेल हाम्रो नियन्त्रणमा नै थियो। गर्मीका कारण पनि हामीले परिवर्तन गरेपछि खेलमा जम्न समय लाग्यो। यस्तै, टोलीमा अनुभवको कमी पनि देखियो,’ उनले भने।

यता, चोटका कारण दुई मुख्य खेलाडी परिवर्तन गर्नुपर्दा केही घाटा भएकोसमेत उनले बताए। ३९औं मिनेटमा विमला चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘दुर्भाग्यवश हामीले पहिलो हाफमा नै विमला चौधरीको साथ गुमायौं। दोस्रो हाफमा पुजा राना पनि चोटका कारण बाहिरिनु परेपछि टोलीको प्रदर्शनमा नै असर गर्यो। हाम्रा खेलाडीले डटेर खेले ,’ उनले भने। 

उनले खेलाडीहरुले  यस खेलबाट केही सिकेर अर्को खेलमा उच्च मनोबलसहित खेल्नुपर्ने बताए। 

महिला फुटबलमा नेपाल र फिलिपिन्स दोस्रोपटक खेलेको हो। यसअघि १९९९ मा भएको एएफसी महिला च्याम्पियनसिपमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो। 

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यू खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो। दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

अब समूह ‘एफ’ मा नेपालले मंगलबार हङकङसँग खेल्नेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ। फिलिपिन्सले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ। 

नेपालले हङकङविरुद्धको खेल जितेमा एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ।

एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ। एएफसीले एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने उल्लेख गरेको छ। एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने जनाइएको छ।

नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो। सुरुवाती दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो। नेपाल सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन। १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सम्बन्धित सामग्री
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टो... सोमबार, असार २२, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास ब्राजिलका लागि सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षीय नेयमारले भनेका छन्, ‘म असाध्यै थाकें । ब्राजिलका लागि मैले खेल्ने दिन सकिए ।’ सोमबार, असार २२, २०८३
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा पहिलो हाफमै तीन गोल हुँदा इंग्ल्यान्डले अग्रता लिएको हो । सोमबार, असार २२, २०८३
ताजा समाचारसबै
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास सोमबार, असार २२, २०८३
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता सोमबार, असार २२, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै आइतबार, असार २१, २०८३
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्