• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना : यस्तो छ नयाँ विधेयक

64x64
नेपाल लाइभ शुक्रबार, असोज १, २०७८  १४:४८
1140x725

काठमाडौं– मन्त्रिपरिषद् बैठकले बिहीबार पारित गरेर सिफारिस गरेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी विधेयक संसद्‍ सचिवालयमा दर्ता भएको छ। 

विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर तोकेका तेजाबजन्य र ज्वलनशील रासायनिक पदार्थ दुरुपयोग गरे संशोधित कानुन आकर्षित हुने उल्लेख छ।

विधेयकको प्रस्तावनामै ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्रयोग, बिक्रीवितरण तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुका स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्न’कानुनी व्यवस्था गरिएको उल्लेख छ। 

विधेयकमा तेजाब फ्याँकी, छर्किइ, खन्याइ वा प्रयोग गरी वा सेवन गराइ अंगभंग तुल्याएमा र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको  छ।  पीडितलाई पीडकबाट १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने भनिएको छ। 

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जलेर दृष्टि गुमे, दुवै कान जलेर क्षति भइ सुन्ने शक्ति नष्ट भए, कानको जाली क्षति भइ काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना निर्धारण गर्ने उल्लेख छ। 

केही कानुन संशोधन  प्रस्ताव
यो विधेयकले विद्यमान केही कानुन पनि परिर्वतन गर्ने प्रस्ताव गरेको  छ। प्रमाण ऐन २०२१ को दफा ६ मा देहाय ‘ज’ थपिएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २८ मा पनि थप व्यवस्था गरिएको छ। तेजाब आक्रमणको मुद्दा जहिलेसुकै दर्ता भएको भए पनि प्राथमिकता पाउने व्यवस्था विधेयकमा राखिएको छ। मुलुकी अपराध संहितामा पनि केही व्यवस्था थप गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहितामा पनि विधेयकले केही संशोधन प्रस्ताव गरेको  छ। फौजदारी कसूर (सजाय निर्धारण र कार्यान्वयन) ऐनलाई पनि विधेयकले केही संशोधन (प्रस्ताव) गरेको छ। अपराध पीडितको संरक्षण ऐन, २०७५ मा पनि केही व्यवस्था थप गरिएको छ।

माफी मिनाहा नहुने 
यसरी दोषी ठहर भएर सजाय काटिरहेका व्यक्तिले असल चालचालन देखाएमा कैद छुट हुने वा माफी मिनाहाको सुविधा नपाउने प्रस्ताव विधेयकमा गरिएको छ। यो सजायमा एक दिन पनि माफी मिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने व्यवस्था निर्धारण गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मुद्दा सुनवाइमा प्राथमिकता 
यस्ता मुद्दालाई सुनुवाइमा प्राथमिकता दिनुपर्ने विधेयकमा उल्लेख छ। न्याय प्रशासन ऐनलाई थप गर्ने प्रस्ताव गर्दै  ‘...तेजाव प्रयोग गरि ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्‍याएको मुद्दा भए जहिलेसुकै मुद्दा दर्ता भएको भए पनि पहिलो प्राथमिकता हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

विधेयकले 'फास्ट ट्र्याक'  कोर्टमार्फत् हुने सुनुवाइमा पनि यी मुद्दालाई राखेको छ। अदालतमा अन्य विचाराधीन मुद्दा भन्दा यो मुद्दालाई पहिले सुनुवाइ हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

एउटै अंगमात्र क्षति भए १० वर्ष, कैद १० लाख जरिवाना 
विधेयकले तेजाब आक्रमणबाट कसैको एउटा आँखा, एउटा कान जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले, दुवै हात जली काम नलाग्ने भए, गोडा पूर्ण रूपमा जलेर काम नलाग्ने भए, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा ७ देखि १० वर्ष कैद तथा ७ लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना निर्धारण गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा क्षति भएमा कसूरको प्रकृति अनुसार पाँचदेखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख  छ। 

मृत्यु भएमा कर्तव्य ज्यान मुद्दा आकर्षित हुने 
तेजाब आक्रमणका कारण कसैको मृत्यु भएमा त्यसलाई यो (प्रस्तावित) ऐनअनुसार नभइ कर्तव्य ज्यान महल आर्कषित भइ सजाय हुने उल्लेख छ। एसिड आक्रमणमा संलग्नहरु यसअघि सामान्य फौजदारी अपराधकै आधारमा कैद सजाय हुँदै उम्कदै आएका थिए। 

एसिड प्रहारको प्रयास गरे पनि सजाय 
यदि कसैले तेजाब आक्रमणको प्रयास गर्‍यो, तर पीडित उम्केर भाग्न सफल भएमा पनि पीडकलाई कैद र जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अपराध गर्दा पीडित पक्ष उम्किएर भाग्न सफल भएमा तेजाबसम्बन्धी कसूर गर्न उद्योग गरेको ठहर हुने विधेयकमा उल्लेख  छ। तेजाबसम्बन्धी कसूर गर्न उद्योग गर्नेलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ। 

जरिवानाको रकम पीडितलाई 
पीडकबाट जरिवानावापत सरकारले असुल गरेको सम्पूर्ण रकम पीडितलाई नै क्षतिपूर्ति भराउने प्रस्ताव पनि  विधेयकमा गरिएको छ। हाल पीडितहरु घर परिवारविहीन हुने र रोजगारी समेत नपाउने अवस्था हुने गरेको छ। अहिले सरकारले यस्ता पीडितहरुलाई केही सरकारी कार्यालयमा करारमा रोजगारी दिने गरेको छ। 

पीडितको नाममा रकम उठाए ३ महिना कैद 
मुलुकी संहितामा भएको व्यवस्था संशोधन गरेर तेजाब आक्रमणमा परेको व्यक्तिको मञ्जुरीविना पीडितको कारण देखाइ निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमा चन्दा, सहयोग, सुविधा वा कुनै किसिमको अनुदान माग्न नपाइने बनाइएको छ। यदि कसैले यस्तो गरेको पाइएमा ३ महिना कैद र ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने विधेयकमा उल्लेख छ। 

खपत र बिक्रीमा  सर्त
तेजावजन्य पदार्थ उत्पादन, भण्डारण, ओसारपसार, प्याकेजिङ तथा पुनः प्याकेजिङका सम्बन्धमा सरकारले तोकेका सर्त र नियम पालना नगरे कैद र जरिवाना गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। 

खुद्रा बिक्री गर्दा बिक्री गरिने भाँडो, कन्टेनर वा प्याकेट तोकिएबमोजिम गुणस्तर र आकारमा हुनुपर्ने पनि विधेयकमा उल्लेख छ। खुद्रा रूपमा बिक्री गरिने एसिड वा अन्य घातक रासायनिक पदार्थ तोकिएको परिमाणभन्दा बढी राख्न वा सिलबन्दी नगरी बोटलिङ गर्न नपाइने विधेयकमा उल्लेख छ। 

एसिड वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मात्र खरिद गर्न सक्ने विधेयकमा उल्लेख छ। 

राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य रासायनिक पदार्थको हकमा औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि मात्र अनुमति पत्र दिन सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। एक पटक लिएको अनुमतिले ५ वर्षसम्म काम गर्ने विधेयकमा उल्लेख छ। 

अभियुक्त नभेटिएसम्म  कोषबाट उपाचार 
विधेयकले तेजाब आक्रमण गर्ने अभियुक्त नभेटिए पनि पीडितको उपचार हुने व्यवस्था प्रस्ताव गरेको छ। विधेयकमा विद्यमान पीडित संरक्षण ऐनको दफा २९ मा थप गर्दै यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकले कसूरमा अभियुक्त पत्ता नलागेको वा अन्य कुनै कारणले अदालतमा मुद्दा दायर हुन नसकेमा पीडितलाई अस्पताल भर्ना भइ औषधिपचार गर्दा लागेको बिल बमोजिमको रकम सम्बन्धित अनुसन्धान गर्ने अधिकारी र सम्बन्धित सरकारी वकिलको सिफारिसमा कोषबाट अस्पताललाई उपलव्ध गराउन सकिने भनिएको छ। यो व्यवस्थाले पैसाको अभावमा पीडित उपचारबाट वञ्चित हुनुपर्ने छैन। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौ २५ गते तेजाबपीडित व्यक्तिहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। उनीहरुले आफूहरुलाई यस्तो अवस्थामा पुर्‍याउनेहरुलाई कडा कारबाही गर्ने कानुन नै नभएको गुनासो गरेका थिए। लगत्तै प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्वाहाङफेलाई १५ दिनभित्र नयाँ कानुन मस्यौदा गर्न भनेका थिए। कानुन मन्त्रालयले मस्यौदा तयार गर्दै मन्त्रिपरिषद्‌मा पेस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले मस्यौदा स्वीकृत गरी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसानुसार राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद्‍ विघटन भएपछि पेस हुन नसकेपछि फेरि दोस्रो पटक अध्यादेशकै रुपमा जारी गरिएको थियो। उक्त अध्यादेश साउन ३ गते पुन:स्थापित प्रतिनिधि सभामा पेस भएको थियो। तर, भदौ ३० सम्म प्रतिस्थापन विधेयक नै दर्ता नभएपछि यो अध्यादेश निस्क्रिय भएको थियो। 

सरकारले कानुनको आवश्यकता देखेर विधेयकको रुपमा संसद्‍ सचिवालयमा अध्यादेशमै रहेका ब्यहोरालाई समेत समेटेर कानुनी मस्यौदा पेस गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्