सोलुखुम्बु– सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४२ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यो मत परिणाम औपचारिक घोषणा हुन भने बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।