complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

देउवाले अर्को पक्षलाई पेलेरै गृह जिल्लामा गराए वडा अधिवेशन

64x64
लिलु डुम्रे शुक्रबार, भदौ २५, २०७८  १३:२९
1140x725

काठमाडौं–  केन्द्रका शीर्ष नेता र जिल्ला पार्टी नेतृत्वको फरक मतको समेत बेवास्ता गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन गराएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल र जीवन परियारले डडेल्धुराको अधिवेशन स्थगित गर्न देउवालाई आग्रह गरेका थिए। यही आग्रह कांग्रेसका डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले पनि गरेका थिए। तर, ती सबैलाई बेवास्ता गरेर देउवाले अधिवेशन गरेरै छाड्ने मूड बनाए। 

क्रियाशील सदस्यता विवादकै वीच डडेल्धुराका ५२ वडामा शुक्रबार वडा अधिवेशन भइरहेको छ। सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन भइरहेको कांग्रेस डडेल्धुराका सभापति मल्लले बताए। ‘आज भइरहेको वडा अधिवेशनका लागि जिल्ला बाहिरबाट सुरक्षाकर्मी ल्याएर वडा/वडामा भरिएको छ’, उनले भने। 

वडा अधिवेशन र त्यसक्रममा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित नहुनेमा पौडेलपक्षले आशंका व्यक्त गरेको छ। शुक्रबार बिहान मात्रै पौडेलपक्षका नेताहरु बालुवाटार पुगेर देउवालाई भेटेका थिए। ‘पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं’, देउवासँगको भेटबारे पौडेलले भने।

पौडेल पक्षका नेताहरुले बिहीबार पनि देउवालाई भेटेका थिए। क्रियाशील सदस्यता विवाद रहेकाले डडेल्धुराको वडा अधिवेशन रोक्न पौडेलपक्षले देउवासँग माग गरेको थियो। त्यसअघि उपसभापति निधिले सभापति देउवालाई पत्र लेखेर डडेल्धुराको वडा अधिवेशन रोक्न माग गरेका थिए। ‘गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित’ हुने निधिले पत्रमा उल्लेख गरेका छन्। क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन र निर्वाचनको कार्यसम्पन्न गर्न उनको माग थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी विधान तथा निर्देशिकाका सबै प्रक्रिया पु¥याएर जिल्लाबाट पठाइएका नामावली हटाइएको र केन्द्रबाट नाम थपिएको भन्दै डडेल्धुरामा सदस्यताको विवाद निम्तिएको थियो। जिल्ला सभापति मल्लले केन्द्रबाट सिधै अन्य नाम थपिएको बताए। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिको जिल्लामा विवादकैबीच एकपक्षीय रुपमा अधिवेशन गरिनु बिडम्बना भएको उनले बताए। 

मल्लका अनुसार जिल्लामा भएको विवाद निरुपण नभएपछि निर्वाचन समितिलाई लिखित जानकारी गराइएको थियो। तर, त्यसको सुनुवाई भएन। समायोजन, नयाँ वितरण र नवीकरण गरिएका सहित ५ सय बढी क्रियाशील सदस्यतामा विवाद रहेको मल्लले बताए। निर्वाचन समितिका सदस्य तेज रावल भने डडेल्धुरामा विवाद नै नरहेको दाबी गर्छन्। उनले नेपाल लाइभसँग भने, ‘निर्वाचन अधिकृतले वडा अधिवेशन गर्न लागेपछि सहभागी हुन मन नलाग्नेहरु आउँदैनन्।’ 

पार्टी केन्द्रले वडा अधिवेशन नगर्ने निर्णय नगर्दासम्म निर्वाचन समितिले स्थगित गर्न नमिल्ने रावलले बताए। डडेल्धुरामा जिल्ला सभापति मल्ल पक्षको अधिवेशन बहिष्कार गर्ने कार्यले १० प्रतिशत मतदातामा प्रभाव पर्ने नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर बताउँछन्। वडा अधिवेशनका लागि गृहजिल्ला पुगेका महरले नेपाल लाइभसँग भने, ‘कर्णबहादुर मल्लले राखेको माग कांग्रेसले पुरा गर्न नसक्ने खालको छ। तल्लो तहको सिफारिसविना पनि उनले नाम पठाएका थिए।’ क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकसँगको परामर्शमा सहमति भइसकेको विषयलाई पनि मल्लले उठाएको महरको आरोप छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३१२ जनाको नाम केन्द्रबाट संस्थापन पक्षले थपेको संस्थापनइतरको दाबी छ। प्रक्रियासंगत आएका नाम हटाएर अरु नाम थप्नु लोकतान्त्रिक प्रक्रिया हुनै नसक्ने नेता डा शेखर कोइराला बताउँछन्। डडेल्धुरा घटनाले झस्काएको बताउँदै डा. शेखरले प्रश्न गरे, ‘यो (डडेल्धुरा विवाद) कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने बहाना त हैन ?’ डडेल्धुरा घटनाले महाधिवेशनको प्रक्रिया पुरा हुनेमा आशंका उब्जिएको उल्लेख गर्दै उनले भने, ‘साथीहरु सबै सचेत बनौं। आ–आफ्नो स्थानबाट विरोध गरौं।’

सभापतिकै जिल्लामा क्रियाशील सदस्यताको विवाद हुनु र जिल्ला सभापतिले वहिष्कार गर्नुमा व्यक्तिगत ‘इगो’ पनि प्रमुख कारण रहेको छ। कांग्रेस सभापति देउवापत्नी डा. आरजु राणाका कारण देउवासँग जिल्ला सभापति मल्ल टाढिएको बताइन्छ। विगतमा देउवाका ‘विश्वासपात्र’ रहेका मल्लको राणाकै कारण देउवासँग दूरी बढेको बताउँदै एक नेताले भने, ‘संस्थापनइतर पक्षमा रहेका मल्ल जिल्लामा संस्थापन पक्षको विरोधमा बोल्दै आएका छन्।’

मल्ललाई जिल्लामा कमजोर बनाउनकै लागि देउवाले जबरजस्ती वडा अधिवेशन गराएको आरोप लागेको छ। देउवाको यस्तो जोडबल किन पनि छ भने उनले डडेल्धुराको राजनीतिमा आफ्ना पुत्र जयबीरसिंह देउवालाई स्थापित गराउने प्रयास गरेका छन्। जयवीरसिंहले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्रियाशील सदस्यता लिएका छन्।

संस्थापनइतरलाई ‘पेल्न’कै लागि निर्वाचन अधिकृत संस्थापन पक्षबाट खटाइएको बुझाई कांग्रेसवृत्तमा छ। देउवापक्षीय लोकेन्द्र बहादुर बमलाई निर्वाचन अधिकृत बनाइएको छ। उनले जिल्ला सभापतिसँग परामर्श नगरी वडा अधिवेशनको मिति तोकेको मल्लको भनाई छ। जिल्ला सभापति मल्लले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेपछि बमले अधिवेशन तोकिएकै समयमा हुने भनेर विज्ञप्ति निकालेका थिए।
डडेल्धुराको विवाद यतिसम्म चर्को बनेको छ कि निर्वाचन समितिका संयोजक महादेव यादवले पदबाट राजीनामा घोषणा गरेका छन्। 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्