काठमाडौं– कोरोना संक्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबार (आज)देखि सर्वसाधारणका लागि खुला भएको छ। सङ्क्रमणका कारण वैशाखदेखि बन्द रहेको मन्दिर बिहान ६ बजेदेखि खुला गरिएको हो।
पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध तथा स्वास्थ्य मापदण्ड मिलाएर मन्दिर खुला गरेको हो।
पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ।
भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।