काठमाडौं– लगातारको वषासँगै मेलम्ची नगरपालिका– ११ दनुवार गाउँमा पहिरो गएको छ।
पहिरोले खानीगाउँ, घटेर टोलमा क्षति पुगेको र र अझै पहिरो नरोकिएको स्थानीय दशरथ दनुवारले बताए।
पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनको भनाइ छ।
उनले पहिरो रोकथामका प्रयास गरिदिन उनले स्थानीय तहलाई आग्रहसमेत गरे। पहिरो बढ्दै जाँदा घटेर टोलका केही घर नै जोखिममा परेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।