काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली नेपाल आइपुगेको छ।
चार दिने भ्रमणका लागि बिहीबार बिहान उपाध्यक्ष सुमारसहितको टोली कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो। भ्रमणका क्रममा उनीहरुले एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिने जनाइएको छ।
उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवा र सुमार नेतृत्वको टोलीबीच भोलि अपराह्न ४ बजे भेटवार्ता हुने जनाइएको छ।
एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाल भ्रमणको अघिल्लो दिन एमसीसीले नेपालले सोधेको प्रश्नमा जवाफसमेत पठाएको छ।
नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न करिब ६० अर्ब रुपैयाँको अनुदान सम्झौता २०७४ भदौमा सम्झौता भएको थियो।
संसदबाट सम्झौता अनुमोदन भएपछि मात्रै कार्यान्वयन गर्नुपर्ने व्यवस्था भएको भएपनि दलहरुबीच सहमति हुन नसक्दा सम्झौता अनुमोदनको लागि संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।