• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : समूह 'ई' मा ब्राजिल बलियो, ६८ वर्षपछि ३ टिम एउटै समूहमा

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०७५  १२:४७
1140x725

विश्वकप २०१८ समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्विया।

समूह 'ई'मा पाँच पटकको विश्वविजेता ब्राजिल परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्। विश्वकपमा चुक्दै आएपनि  दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण टिम हो।  तुलनात्मक रुपमा यो समूहमा ब्राजिललाई बलियो मानिएको छ। अन्य तीन टिमको स्तर समान छ। 

समूह 'ई' मा ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेललाई महत्वपूर्ण मानिएको छ। दुई टिमबीच जुन १७ मा रोस्टोभमा खेल हुनेछ। यो समूहको उपविजेताले अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन जर्मनीको सामना गर्ने प्रवल सम्भावना छ। त्यसलै ब्राजिल र स्विट्जरल्यान्डको ध्यान जर्मनीसँग अन्तिम १६ को प्रतिस्पर्धा टार्न समूह विजेता बन्ने बन्नु हुनेछ। आक्रामक रुपमा उत्रने ब्राजिल सामू स्विट्जरल्यान्ड डिफेन्सिभ खेल्ने अनुमान गर्न सकिन्छ। 

के तपाईलाई थाहा छ? 
स्विट्जरल्यान्डले प्लेअफमार्फत २०१८ को विश्वकपमा टिकट काटेको हो। युरोप छनोटको समूह 'बी' मा २७ अंक जोडेपनि स्विट्जरल्यान्ड प्लेअफमा धकेलिएको थियो। अन्तिम खेलमा पोर्चुगलसँग २–० गोल ले पराजित भएपछि स्विट्जरल्यान्ड प्लेअफ खेल्न बाध्य भएको थियो।

सन् २०१६ जुनमा टिटे प्रशिक्षकमा नियुक्त भएपछि ब्राजिलले उत्कृष्ट खेल पस्कदै आउको छ। उनी नियुक्त पहिलो खेल जित्दै ब्राजिल दक्षिण अमेरिका विश्वपक छनोटको पाँचौ स्थानबाट दोस्रो स्थानमा उक्लिएको थियो। २ खेलपछि ब्राजिलले शीर्षमा कब्जा जमाएको थियो। त्यसपछि ब्राजिलले शीर्ष स्थानमै रहेर छनोट पूरा गर्‍यो।

ब्राजिल, स्विट्जरल्यान्ड र सर्विया (पहिलाको युगोस्लोभाकिया) सन् १९५० को विश्वकपमा पनि एउटै समूहमा परेका थिए। ब्राजिलमा आयोजना भएको विश्वकपमा एकै समूहमा परेको ६८ वर्षपछि ३ टिम एउटै समूहमा परेका हुन्। 

२०१८ फिफा विश्वकपमा छनोट चरण पार गरेको पहिलो टिम ब्राजिल हो। ब्राजिलले दक्षिण अमेरिका छनोट अन्तर्गत २८ मार्च २०१७ मा पाराग्वेलाई ३–० ले पराजित गर्दै रसियाको टिकट पक्का गरेको थियो। 

समूह 'ई'का चार टिमको विश्वकप इतिहास 

nimb
nimb
Ncell 2
Ncell 2

ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाबाट रसियामा आयोजना हुने विश्वकपका लागि छानिने पहिलो देश हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्व कप खेल्दै छ। यो सौभाग्य ब्राजिललाई मात्र प्राप्त छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थान हात पारेको थियो। सन् १९३० देखि ब्राजिलले लगातार विश्वकप खेल्दै आइरहेको छ। विश्वकपको सबैभन्दा सफल टिम मानिने ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ।

सर्बिया

सर्बिया युरोप छनोटको समूह ‘डी’ मा शीर्ष स्थानमा रहेर विश्व कपका लागि छनोट भएको हो। सर्बियाले पछिल्लो पटक सन् २०१० को विश्व कप खेलेको थियो। विश्वकपमा सर्बिया १२औं पटक मैदानमा उत्रिँदै छ। सर्बियाको नाममा भने ऊ दोस्रो पटक विश्व कपमा छनोट भएको हो। सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा दुई पटक विश्व कपमा सहभागिता जनाएको यो देशको पुरानो नाम युगोस्लाभिया हो। युगोस्लाभियाले विश्व कपमा सात पटक सहभागिता जनाएको थियो। युगोस्लाभियाले १९३० र १९६२ मा चौथो स्थान हात पारेको थियो।

स्विट्जरल्यान्ड 

युरोप छनोटको ‘प्लेअफ’ मार्फत स्विट्जरल्यान्डले विश्व कपमा स्थान पक्का गरेको हो। ‘प्लेअफ’ मा उत्तरी आयरल्यान्डलाई समग्रमा १–० ले पराजित गर्दै यो देश लगातार चौथो पटक विश्वकप खेल्दै छ। समग्रमा स्विट्जरल्यान्डले एघारौं पटक विश्व कप खेल्न लागेको हो। यसको राम्रो प्रदर्शन १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनल पुग्नु हो। स्विटजरल्यान्डले १९३४, १९३८, १९५०, १९५४, १९६२, १९६६, १९९४, २००६, २०१० र २०१४ को विश्व कपमा सहभागिता जनाएको थियो।

कोस्टारिका 

उत्तर अमेरिकी छनोटमा दोस्रो हुँदै कोस्टारिकाले पाँचौ पल्ट विश्व कपको टिकट पक्का गरेको हो। उसले १९९०, २००२, २००६ र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। कोस्टारिकाले २०१४ को विश्व कपमा क्वार्टरफाइनलमा स्थान बनायो। यो नै उसको उच्च प्रदर्शन हो।
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी शनिबार, वैशाख ५, २०८३
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्