काठमाडौं– अविरल वर्षापछि देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानको जोखिम बढेसँगै नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कामलाई तीव्रता दिएको छ ।
सेनाका अनुसार पर्वत, नवलपरासी पूर्व, पाल्पा, भरतपुर र धनुषामा उद्धार तथा स्थानान्तरणका लागि टोली परिचालन गरिएको छ भने तनहुँमा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाइएको छ ।
कहाँ के भइरहेको छ ?
-1790507123.jpeg)
पर्वत: जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पस्दा केही घर बगाएको खबरपछि नयाँ रणभीम गुल्मको टोली परिचालन भएको छ। सेनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै सरसामान सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेको छ।-1790507124.jpeg)
नवलपरासी पूर्व: मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेपछि बाढी तथा डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोली खटिएको छ। सुस्ता गाउँपालिका–५ सुस्ता क्षेत्रमा पनि डुबानको जोखिम रहेकाले गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट टोली परिचालन गरी स्थानान्तरणको काम भइरहेको छ।
-1790507124.jpeg)
पाल्पा: माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएपछि दि फेमस महिन्द्र दल गणको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार गरिरहेको छ।
-1790507123.jpeg)
भरतपुर: नारायणी नदीको सतह बढेपछि भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ३ बाह्रघरेमा स्थानीयलाई सुरक्षित स्थानमा सार्न नयाँ सबुज गणको टोली परिचालन भएको छ।
-1790507121.jpeg)
धनुषा: मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पहिरोले घर पुरिएको सूचना आएपछि नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।
-1790507122.jpeg)
तनहुँ: व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आएर अवरुद्ध सडक कालीभञ्जन गण (ई) को टोलीले स्थानीय तहसँगको समन्वयमा हटाएको छ। अवरोध हटाएपछि उक्त सडकखण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आएको सेनाले जनाएको छ।
-1790507122.jpeg)
सेनाले देशका विभिन्न क्षेत्रमा वर्षाका कारण उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको स्थानान्तरण र अवरुद्ध सडक खुलाउने काम निरन्तर गरिरहेको जनाएको छ।
-1790507122.jpeg)
-1790507121.jpeg)
-1790507121.jpeg)
-1790507120.jpeg)
-1790507120.jpeg)
-1790507120.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।