हेटौंडा– इन्द्रसरोवर जलाशयमा पानीको सतह निरन्तर बढेपछि हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म देउराली–सिस्नेरी–काठमाडौं तथा पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौंडातर्फ जाने सडकमा कुनै पनि सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढिरहेको छ। जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्था विश्लेषण गर्दै नेपाल विद्युत् प्राधिकरणले आवश्यक परे सुरक्षा मापदण्ड अपनाएर जुनसुकै बेला तालको ढोका खोल्न सक्ने भएकाले सडकमा आवागमन रोकिएको हो।
प्रशासनले अत्यावश्यक कामले हेटौंडा वा काठमाडौं जानुपर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।