काठमाडौं– हिन्दू महिलाहरूको पर्व तिजको बेलामा पनि नर्भिक अस्पतालको ओपीडी सेवा चालु रहने भएको छ।
प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपीडी सेवा संचालन हुँदैन। नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपीडी सेवा निश्चित अवधिका लागि चालु राख्ने निर्णय गरेको हो।
नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तिजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपिडी सेवा दिनेछन्।
कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा सगुन जोशी, छातिरोग विशेषज्ञ डा रमेश चोखानी, साइकाट्रिस्ट डा यादव बिष्ट, कार्डियोतर्फ नै डा शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाटी विशेषज्ञ डा किरण राज र गाइनोकोलोजिस्ट डा नूतन शर्माले ओपिडी सेवा दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।