युरो २०१६ को फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सलाई यो वर्ष अर्को अवसर आएको छ। युवा तथा प्रतिभाशाली खेलाडीले भरिएको फ्रेन्च टिम २०१८ को उपाधि दाबेदार हो। प्रशिक्षक डिडियर डेस्चाम्पले गत संस्करणको विश्वकपमा फ्रान्सलाई क्वार्टरफाइनलसम्मको यात्रा गराएका थिए। तर जर्मनीसँग १–० ले पराजित हुँदा फ्रान्स अन्तिम आठबाटै घर फर्कन बाध्य भयो।
२० वर्षअघि डेस्चाम्पले आफ्नो कप्तानीमा फ्रान्सलाई पहिलोपटक विश्वकपको उपाधि दिलाएका थिए। २००० को युरो कपमा पनि उनकै कप्तानीमा फ्रान्स च्याम्पियन बनेको थियो। यसपटक डेस्चाम्सलाई प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचाल्ने अवसर छ।
वर्तमान फ्रेन्च टिममा प्रतिभाशाली खेलाडीको जमघट छ। मिडफिल्डर पाउल पोग्बा फ्रेञ्च टिमका आसा गरिएका प्लेमेकर हुन्। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पोग्बाले सिजनमा प्रभावशाली खेल पस्के। २१ वर्षीय पोग्बा नै म्यानचेस्टरका मुख्य खेलाडी थिए।

फ्रेन्च टिममा उनी बाहेक अन्य प्रतिभाशाली खेलाडी छन्। जसकारण फ्रेन्च टिमबाट अन्य सवै टिम डर मान्नेछन्। चेल्सीबाट खेल्ने एन'गोलो कान्टे, एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान, पिएसजीका केलियन एमबाप्पे, बार्सिलोनाका उस्मान डेम्बेले फ्रेञ्च टिमलाई बलियो बनाएको छ।
यद्यपी डिमिट्री पएट चोटका कारण टिममा पर्न सकेनन्। मार्सेलीका मिडफिल्डर पएट युरोपा लिगको फाइनलमा घाइते भएका थिए। घाइते भएर मैदान छाड्न उनी भक्कानिएका थिए।
फ्रान्सले पछिल्ला तीन वटै खेल जितेको छ। फ्रान्सले मार्चमा विश्वकप आयोजक राष्ट्र रसियालाई ३–१ ले हराएको थियो। मेमा फ्रान्सले आयरल्यान्डमाथि २–० को जित निकाल्यो। अघिल्लो साता फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको थियो।

फ्रान्सका मुख्य खेलाडी
एन्टोनी ग्रिजम्यान – चार वर्षअघि एट्लेटिको म्याड्रिडमा आवद्ध भएपछि चर्चामा आएका ग्रिजम्यानले युरो २०१६ मा प्रभावशाली खेल पस्के। उनले युरो कपमा गोल्डेन बुट जितेका थिए। उनले एट्लेटिको म्याड्रिडले युरोपा कपको उपाधि जित्दा २ गोल गरेका थिए।
एन'गोलो कान्टे– इंग्लिस क्लब चेल्सीले सिजनमा खराब प्रदर्शन गर्यो। यद्यपी चेल्सीका खेलाडी मध्ये कान्टेको प्रदर्शन सम्झनयोग्य थियो। २७ वर्षीय खेलाडी उनले अहिलेसम्म २२ क्याप जितेका छन्। युरो २०१६ मा उत्कृष्ट खेलेपछि कान्टे एकाएक चर्चामा आएका थिए।
केलियन एमबाप्पे– सिजनमा एमबाप्पेले फ्रेन्च च्याम्पियन पिएसजीबाट सानदार प्रदर्शन गरे। १९ वर्षीय फरवार्ड अहिले उत्कृष्ट लयमा छन्। फ्रेन्च प्रशिक्षकले पनि एमबाप्पेबाट ठूलो आसा गरेका छन्। उनले फ्रेञ्च फुटबललाई माथिल्लो स्तरमा पुर्याउने क्षमता भएका खेलाडीमा एमबाप्पेलाई राखेका छन्।
बेन्जामिन मेन्डे– इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा ५० मिलियन पाउन्डमा आवद्ध भएपनि उनले चोटका कारण धेरै अवसर भने पाउन सकेनन्। तर उनी क्षमता भएका डिफेन्डर भएकोमा शंका छैन। आक्रमक खेल खेल्ने उनलाई प्रशिक्षकले वार्म खेलबाट विश्वकपका लागि तयार गरिरहेका छन्।
उस्मान डेम्बेले– फ्रेन्च टिमका अर्का प्रतिभाशाली फरवार्ड उस्मान डेम्बेले हुन्। सिजनको सुरुवातमा बार्सिलोनामा आवद्ध भएका उनले राम्रो खेल पनि पस्के। तर उनी केहि खेलपछि नै घाइते हुँदा सिजनमा आफ्नो क्षमता देखाउन पाएनन्। सिजनको अन्त्यबाट मैदान फर्किएका उनलाई विश्वकपमा अर्को अवसर आएको छ।

२०१८ विश्वकपमा फ्रान्स
समूह सी – फ्रान्स, अस्ट्रेलिया, पेरु, डेनमार्क
फ्रान्सको खेल
फ्रान्स भर्सेस अस्ट्रेलिया – असार २ गते
फ्रान्स भर्सेस पेरु – असार ७ गते
फ्रान्स भर्सेस डेनमार्क – असार १२ गते
फ्रान्सको विश्वक इतिहास
सन् १९९८ को विश्व विजेता फ्रान्स १५औं पटक विश्वकप खेल्ने तयारीमा छ। युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै फ्रान्स विश्व कपमा छानिएको हो। फ्रान्सले १९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२ र १९८६ को विश्वकप खेलिसकेको छ। सन् १९९८ को विश्वकप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो।

फ्रेन्च टिम
गोलकिपर – हुगो लोरिस, स्टिभ मान्डान्डा, अल्फोन्स अरिओला।
डिफेन्डर– डिजिब्रिल सिडिबे, बेन्जामिन पाभार्ड, स्यामुयल उम्टिटी, राफायल भारेन, प्रेस्नेल किम्पेम्बे, अदिल रामी, बेन्जामिन मेन्डे, लुकास हर्नान्डेज ।
मिडफिल्डर– पाउल पोग्बा, कोरेन्टिन टोलिसो, ब्लाइसे माटिउडी, एन' गोलो कान्टे, स्टेभिन जोन्जी।
फरवार्ड– एन्टोनी ग्रिजम्यान, ओलिभर जिरुउड, केलियन एमबाप्पे, उस्मान डेम्बेले, फ्लोरियन थाउभिन, नबिल फेकिर, थोसम लेमार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।