एजेन्सी– आगामी बिहीबारदेखि रसियामा सुरु हुने २०१८ फिफा विश्वकपअघि जर्मनीले संघर्षपूर्ण जित हात पारेको छ।
जर्मनीले विश्वकपअघि भएको वार्मअप खेलमा साउदी अरेबियालाई २–१ गोलले पराजित गरेको हो। विश्वकपमा जर्मनी समूह 'एफ' मा छ भने साउदी अरेबिया समूह 'ए' मा छ।
आठौं मिनेटमा वेर्नेरले गोल गरेर जर्मनीलाई अग्रता दिलाएका थिए। ४३ मिनेटमा साउदीका हास्वायीले आफ्नै पोस्टमा बल छिराएपछि जर्मनीले अग्रता दोब्बर पारेको थियो। तर ८४ मिनेटमा साउदीका अल जासामले गोल फर्काउन सफल भए। खेलको अन्तिम मिनेटमा साउदीका अल साल्लावीको प्रहारलाई जर्मनीका मार्ट हुमेल्सले बचाएका थिए।
खेलमा जर्मनीका मिडफिल्डर मेसुट ओजिल घाइते भएका कारण मैदान उत्रिएनन्। अघिल्लो खेलमा जर्मनीलाई अस्ट्रियाले पराजित गरेको छ। पछिल्लो सयम खराब फर्ममा रहेको जर्मनीको खेलमाथि फ्यानहरुले प्रश्न चिन्ह उठाइरहेका छन्।
यता क्रोएसियाले सेनेगललाई २–१ गोलले हराएको छ। यस्तै स्विटजरल्यान्डले जापानमाथि २–० को जित हात पारेको छ। इरानले लुथानियालाई १–० ले हराएको छ। पोल्यान्ड र चिलीले भने २–२ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।