काठमाडौं- संयुक्त राज्यले अमेरिकाले एक अमेरिकी नागरिक र उनका परिवारका सदस्यहरुलाई अफगानिस्तानबाट भाग्न मद्दत गरेको स्वीकार गरेको छ।
एक अमेरिकी अधिकारीले ती नागरिक र उनका छोराछोरीलाई सफलतापूर्वक एक ‘खुफिया’ मार्ग प्रयोग गरेर अफगानिस्तानबाट भगाएको पुष्टि गरेका हुन्।
अहिले ती परिवार सुरक्षित रहेको र अमेरिकी दूतावासका कर्मचारीहरुको संरक्षणमा रहेको उनले बताए।
अमेरिकी सरकारले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरेपछि गत हप्ताबाट हवाई उद्धारलाई अन्त्य गरेको थियो। त्यसपछि अमेरिकाले अफगानिस्तानमा रहेको आफ्ना नागरिकहरुको उद्धार गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।