Photo : Jalaa Marey/AFP
काठमाडौं- उत्तरी इजरायलको एक जेलबाट ६ जना प्यालेस्टिनी कैदी फरार भएका छन्। इजरायली सेनाका अनुसार गिलबोआ जेलबाट उनीहरु फरार भएका हुन्।
गिलबोआ जेल इजरायलको सबैभन्दा सुरक्षित जेल मध्ये एक मानिन्छ। प्रहरी प्रवक्ता एली लेवीले इजरायली कान रेडियोलाई भने, ‘रातारात जेलबाट ६ कैदीहरु फरार भएको सूचना प्राप्त भएको छ। अहिले उनीहरुको खोजी गरिरहेका छौं।’
प्रहरी, सैनिक र इजरायलको शक्तिशाली आन्तरिक सुरक्षा एजेन्सी शिन बेटका एजेन्टहरु ती कैदीहरुको खोजीमा लागिरहेका छन्।
प्रहरीका अनुसार उनीहरुको खोजीमा ‘तालिमप्राप्त कुकुर’हरु पनि तैनाथ गरिएको छ भने गिल्बोआ वरपरको क्षेत्रमा चेकपोइन्ट राखिएको छ।
स्थानीय मिडियाका अनुसार फरार कैदीहरुलाई एउटै कोठरीमा राखिएको थियो। उनीहरु सुरुङ खनेर भागेको बताइन्छ। सुरुङ शौचालयको तलबाट खनेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।