काठमाडौं- तालिबानले अफगानिस्तानको पंजशीर प्रान्त पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानको अन्तिम गढमाथि कब्जा नभएको र अब उक्त क्षेत्र तालिबानको नियन्त्रणमा आएको बताएका हुन्।
तर अहिलेसम्म तालिबानविरुद्धमा लडिरहेकाहरुको तर्फबाट यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।
तर सामाजिक सञ्जालमा आइरहेको तस्वीरमा तालिबान लडाकु प्रान्तीय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिएका छन्।
आइतबार विरोधी गुटका अफगानी नेता अहमद मसूदले तालिबानको सैन्य अभियान रोक्नका लागि शान्ति वार्ताका लागि इच्छुक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।