काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा ३८ हजार ९ सय४८ जनामा कोरोना संक्रमण देखिएको छ।
केरलमा २६ हजार ७ सय १ जना संक्रमण देखिएका कारण संक्रमितको संख्या बढेको जनाइएको छ।
कोरोनाका कारण थप २ सय १९ जनाको मृत्यु भएको छ।
केरलमा मात्र ७४ जनाको ज्यान गएको छ। कोरोनाका कारण अहिलेसम् ४ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाएका ५न्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४३ हजार ९०३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
भारतमा अहिलेमसम् ६८ करोड भन्दा धेरैले खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।