काठमाडौं– घरमाथिबाट आएको पहिरोमा परेर जाजरकोटमा एक बालकको मृत्यु भएको छ। नलगाड नगरपालिका–५ ढार सिर्केमा पहिरोले घर पुरिँदा १० वर्षीय बालक प्रचण्ड खड्काको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति घरभन्दा करिब तीन सय मिटर माथिबाट ठूलो ढुंगासहित आएको पहिरोमा परेर खड्काको मृत्यु भएको हो।
पहिरोमा परी घाइते भएका प्रचण्डका बाबु गोरख खड्का र आमा घाइते भएका छन्।
घाइतेलाई उपचाकार लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्ली लगिएको जाजरकोट प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।